निर्देशन नमान्ने ३५ उमेदवारलाई कारबाही गर्दै आयोग, उम्मेदवारी रद्दसम्म हुन सक्ने
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बिहिबार १:७:४९
२ कात्तिक, काठमाडौं । आचारसंहिता कार्यन्वयन गर्न दिएको निर्देशन पालना नगर्ने ३५ जना उम्मेदवारलाई निर्वाचन आयोगले हदैसम्मको कारवाही गर्ने तयारी गरेको छ । कारवाहीमा परेका ३५ जना उम्मेदवारको नाम भने खुलाइएको छैन् ।
आयोगको निर्देशन विपरित निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उमेदवारलाई कारबाही गर्ने तयारी थालिएको आयोगले जनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदवारी दिएका ३५ जना उमेदवारहरूले हद नाघेर निर्वाचन आचारसंहिता उल्लंघन गरेकोले उनीहरुलाई पनि हदैसम्मको कारवाही गर्न लागिएको हो ।
बुधबार आयोगमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उमेदवारहरूले हदभन्दा माथि गएर आचारसंहिता उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरिएको जानकारी दिए । उनले आयोगको कारवाहीमा उम्मेदवारको उम्मेदवारी रद्धसम् मगर्न सक्ने बताएका छन् ।
आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उमेदवारीहरूलाई आग्रह गरे । आयोगको आग्रहलाई नमान्ने उम्मेदवारलाई कडाभन्दा कडा कारवाही गर्न आयोग पति नपर्ने भण्डारीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार