अमेरिकी डलरको भाउले बनायो नयाँ रेकर्ड, भारतीय मुद्रा इतिहासकै कमजोर

नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १६:१४:५३

३ कात्तिक, काठमाडौं । अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ । खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।
जुन हालसम्मकै उच्च विन्दु हो । यसअघि बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको थियो । यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको थियो । बुधबारको तुलनामा बिहीबार डलरको भाउ १ रुपैयाँ ०६ पैसाले बढेको हो । त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा छ भने खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ ।
पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ ।
यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार