चितवनका झन्डै ८० प्रतिशत किसानले गरेका छैनन् बिमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १७:१५:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/bima-insurence_20190318022602_KVrSKWNiPv.jpg)
३ कात्तिक, चितवन । चितवनका झन्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन् । बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसान ठूलो क्षति व्यहोर्न बाध्य छन् । चितवनका किसानले बाली र पशुमा नयाँ नयाँ रोग र बर्खामा बाढीको प्रकोप व्यहोर्नु परेको छ ।
कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनमा एक लाख आठ हजार ५६७ किसान छन् । तीमध्ये ८४ हजार ८३३ किसानले निर्वाहमुखी कृषि पेसा गर्छन् भने एक हजार ४४६ किसानले मात्रै व्यावसायिक कृषि गरेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे बताउँछन् ।
जिल्लाका ८६ हजार २७९ जना अर्थात् ७९.५ प्रतिशत किसानले कृषि बिमा गरेकै छैनन् । कृषि बिमा गरेका २२ हजार ६८६ किसानमध्ये सबैभन्दा धेरै पशुपंक्षी उत्पादन गर्ने किसान १८.७ प्रतिशत अर्थात् २० हजार ३४५ जना छन् । त्यस्तै बाली उत्पादनको बिमा गर्ने ७२४ जना ‘०.७ प्रतिशत’, मत्स्यपालनको बिमा गर्ने १६० जना ‘०.१ प्रतिशत’ र अन्य उत्पादनको बिमा गर्ने एक हजार ४५४ जना ‘१.३ प्रतिशत’ किसान छन् ।
चितवनमा ४४ हजार ५३७ हेक्टर कृषियोग्य जमिन छ । त्यसमध्ये ३५ हजार ८६ हेक्टर जमिनमा मात्रै सिँचाइ पुगेको उनले बताए । पाण्डेले चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा परेका योजनाहरू सार्वजनिक गरेका छन् । उनका अनुसार ज्ञान केन्द्रलाई चालू आवका लागि कृषि विभाग, प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गरी एकमुष्ट २१ करोड ८९ लाख चार हजार रुपैयाँ विनियोजन भएको छ ।
गत आवमा २२ करोड ५९ लाख ९२ हजार रुपैयाँ विनियोजन भएकामा ६६.२१ प्रतिशत बजेट खर्च भएको थियो । प्रदेश सरकारले ४४ लाख ५० हजार रुपैयाँ पुँजीगत र १६ करोड दुई लाख ७९ हजार चालू गरी जम्मा १६ करोड ४७ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
कृषि विभागले चार करोड ४९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खाद्य सुरक्षा मिसनअन्तर्गत धानबाली प्रवर्द्धन कार्यक्रम र दलहन बाली प्रवर्द्धन कार्यक्रमका लागि गरी दुई करोड ५० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
रैथाने बाली प्रवर्द्धन कार्यक्रमका लागि एक करोड २० लाख, प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि २९ लाख र वीउ विजन उत्पादन, आपूर्ति तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन भएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालूतर्फ ९२ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार
तीनवर्षदेखि चिस्यान घर निर्माण रोकियो
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार