विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प छैन : गुरुङ
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १७:४१:५६
३ कात्तिक, लमजुङ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
उनले जनताको विकास र समृद्धि र देश, जिल्लाको विकास र समृद्धि गठबन्धनका उम्मेदवारले मात्र गर्न सक्ने भएकाले मतदान गर्न अनुरोध गरे । गठबन्धन दलका उम्मेदवारहरू विकासका लागि प्रतिबद्ध रहेको उनको भनाइ थियो।
देश, हरेक जिल्ला, पालिका, वडा, बस्ती, टोल, घर र व्यक्तिका लागि काम गर्न सक्ने क्षमता गठबन्धनका उम्मेदवारमा रहेको गुरुङले बताए । खानेपानी, सिंचाइ, विद्युत, कृषि, शिक्षा, स्वास्थ्यलगायतको समग्र विकासमा लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुपर्नेमा जोड दिए।
आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेको र आफूलाई विजयी गराउन उनले अनुरोध गरे । सुन्दरबजार नगरपालिकामा चालू आर्थिक वर्षमा मात्र एक अर्ब आठ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको भन्दै अब पुनस् चुनाव जितेर गएपछि थप बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रतिनिधिसभा सदस्यमा आफूलाई र प्रदेश सभा ‘क’ मा कांग्रेसका टकराज गुरुङ, प्रदेश सभा ‘ख’ मा भेषबहादुर पौडेललाई मतदान गर्न अनुरोध गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार