दुई सय मिटर दौडमा निशा र शिवराजलाई स्वर्ण
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १८:२१:१७
३ कात्तिक, पाेखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरी र सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् ।
पोखरा रङ्गशालामा बिहीबार सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२.०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे । त्रिभुवन आर्मी क्लबका युवराज विकले २२.५० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।
यस्तै, महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपिएफकी रमिताकुमारी थारूले २५.९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।
पाँच हजार मिटर दौडमा एपीएफका गोपीचन्द्रलाई स्वर्ण
त्यस्तै एथलेटिक्सअन्तर्गत पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् ।
यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डमा निर्धारित दुूरी पूरा गर्दै रजत पदक जिते भने त्रिभुवन आर्मीका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६दशमलव६० सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार