जीप दुर्घटनाका घाइते र मृतक परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गर्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १८:४३:३४
♦शिवजी मण्डेल
३ कात्तिक, बझाङ । बझाङमा जीप दुर्घटनामा परि ज्यान गुमाएका र घाइते भएकालाई जयपृथ्वी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले दुर्घटना भएको प्रति समवेदना पत्र जारी गर्दै बुधबार भएको जीप दुर्घटनामा मृतकको राहत र घाइतेहरुको उपचारको लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।
मृतकको राहत र घाइतेहरुको उपचारको लागि नगरपालिकाको तर्फबाट विपद कोषबाट खर्च गर्ने गरि तीन लाख सहयोग गर्ने घोषणा गरेको नगरप्रमुख चेतराज बजालले बताए ।
बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१–००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो। दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यस्तै तलकोट गाउँपालिकाले यसअघि नै २ लाख उपलब्ध गराउने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार