बझाङको थलारा गाउँपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता, प्रथम पुरस्कार ३० हजार ५ रुपैयाँ
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार १९:१८:१३
♦ शिवजी मण्डेल
३ कार्तिक, बझाङ । बझाङको थलारा गाउँपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । तिहारको अवसरपारी थलारा गाउँपालिका-८ को मुख्य आयोजनामा डाँडाबाघ सायर मेला व्यवस्थापन समितिद्घारा थलारा गाउँपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।
डाँडाबाघ सायर मेला व्यवस्थापन समितिले कार्तिक १ गते एक सूचना जारी गर्दै उक्त प्रतियोगिता हुन लागेको जनाएको छ । भलिबल खेल क्षेत्रको विकास र खेलाडीलाई खेल प्रति प्रोत्साहित गर्न प्रतियोगिता हुन लागेको हो ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार ५ रुपैयाँ , द्वितिय लाई २० हजार ५ रुपैयाँ र तृतीय हुने टिमलाई १० हजार ५ रुपैयाँ पुरस्कार घोषण गरेको छ । टिम दर्ता शुल्क २ हजार ५ सय १० रुपैयाँ तोकिएको छ, भने दर्ता गर्ने मिती कार्तिक ५ गते बेलुका ५ बजेसम्म रहेको छ ।
प्रतियोगितामा सहभागी हुने टिमका खेलाडीहरूको नागरिकताको प्रतिलिपी र वडाको सिफारिस अनिवार्य पेस गर्नु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतियोगिता कार्तिक ६ गते बिहान १० बजेदेखि थलारा गाउँपालिका-८ बुङ्गी जिउलामा हुनेछ । थलारा गाउँपालिका-८ ले हरेक वर्ष डाँडाबाघ सायर मेलाको अवसरमा भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार