३२ सय मत बोकेर डोटीमा घुमिरहेका आलेलाई कांग्रेसले साथ नदिने संकेत
नेपालबहस संवाददाता
कात्तिक ३, २०७९ बिहिबार २१:५५:१४
३ कात्तिक, डडेलधुरा । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले स्थान नपाएपछि डोटीको चुनावी माहोल खासै तात्न सकेको छैन् । कांग्रेस नेता बीरबहादुर बलायरको गृह जिल्ला भएपनि गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीको भागमा परेपछि जित सुनिश्चित भएको जिल्ला छाडेर बलायर कैलाली ४ मा झेरपछि यहाँको चुनावी रौनक पनि उतै सरेको छ ।
गएको स्थानीय तह निर्वाचनमा डोटीमा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उमेदवारले पाएको मत झन्डै ३४ हजार हाराहारीमा छ । अहिले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएको नेकपा एकीकृत समाजवादीको मत मुस्किलले पनि ३२ सय पुग्दैन । यही ३२ सय मत बोकेर अहिले नेकपा एसका उम्मेदवार प्रेमबहादुर आले डोटीमा घुमिरहेका छन् ।
कांग्रेसले नौमध्ये सात पालिका जितेको छ । एकीकृत समाजवादीले एउटा पालिका पनि जितेको छैन । त्यसैले सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा डोटी कांग्रेसको भाग पर्ने धेरैको अनुमान थियो । डोटी कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरको गृहक्षेत्र भएकाले पनि अहिले डोटीमा कांग्रेस निकै बलियो छ ।
गठबन्धनमा सीट बाँडफाँट हुँदा यौ जिल्ला नेकपा एकीकृत समाजवादीको भाग पर्यो र गठबन्धनको यो निर्णयले डोटीका कांग्रेस कार्यकर्ताहरु खिन्न भए । स्थानीय निर्वाचनमा कांग्रेसभन्दा ३० हजार कम मत पाएको नेकपा एसले प्रेम आलोलाई उम्मेदवार बनाएर पठाएपछि डटीका कांग्रेस कार्यकताहरु अलमलमा परेका छन् ।
बलायरले मैदान छाडे पनि डोटीमा आलेको विजय सहज देखिँदैन । कारण, सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसको सहयोग आलेलाई जाने देखिएको छैन । अहिले डोटी कांग्रेसका नेताहरू आलेको पक्षमा भोट मागिरहेका छैनन् । उनीहरुले अन्त्यमा कसलाई सहयोग गर्ने हुन भन्ने पनि एकिन भएको छैन् । कांग्रेसबाट लौरो उठाएपनि जित्ने अवस्थामा समेत कांग्रेस कार्यकताहरुले रुखमा भोट हाल्न नपाएपछि परिस्थिति असहज बन्दै गएको छ ।
कांग्रेसका नेताहरु भन्छन्, गठबन्धनका नाममा जिल्लामा तीन हजार भोट नभएको पार्टीलाई डोटी जिल्ला जिम्मा लगाइएको छ । यसले कांग्रेसमा असन्तुष्टि बढेको छ । एकीकृत समाजवादीका नेता पनि आलेको जितप्रति ढुक्क छैनन् । कारण हो कांग्रेसको भोटमा अहिलेसम्म भर गर्न सक्ने अवस्था सिर्जना भएको छैन् ।
०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा पराजित आले ०७० मा विजयी भएका थिए । ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा आलेले बलायरलाई हराएका हुन् । त्यति बेला बाम गठबन्धन रहेको थियो । अहिले आलेलाई जितबाट रोक्नका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संविधानसभा सदस्य गौरी वली र स्वतन्त्र उमेदवार नरेन्द्रबहादुर खड्का कस्किएका छन् । स्वतन्त्र उमेदवारले मत काटेमा आफू विजयी हुने वलीको विश्वास छ ।
डोटीमा खड्काको स्वतन्त्र उमेदवारीलाई चासोपूर्वक हेरिएको छ । उनले दिपायल प्रदेशको राजधानी हुनुपर्ने भन्दै तत्कालीन आन्दोलनको नेतृत्व गरेका थिए । खड्का आफ्नो उमेदवारी र राजधानीको एजेन्डा समग्र डोटेली जनताको भएकाले विजयी हुने जिकिर गर्छन् । उनले असन्तुष्ट कांग्रेसको मत पनि पाउने आसा राखेका छन् ।
डोटी उद्योग वाणिज्य संघको नेतृत्व गरिसकेका खड्का आफ्नो पक्षमा डोटीका व्यापारी, राजधानीको आन्दोलनमा लागेका स्थानीय र सिट बाँडफाँटबाट असन्तुट कांग्रेस कार्यकर्ता उभिएको दाबी गर्छन् । आफ्नो प्रमुख मुद्दा नै डोटी र डोटेलीको अस्तित्वसँग जोडिएको उनी बताउँछन् । उनले कांग्रेसको क्रियाशील सदस्यता त्यागेर स्वतन्त्र उमेदवारी दिएका कारण पनि कांग्रेसको अधिक मत उनलाई जाने सम्भावना पनि कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार