बझाङ जीप दुर्घटनामा मृतक र घाइतेको उपचारका लागी चार स्थानीय तहले गरे आर्थिक सहयोग
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार १९:२९:५८
♦ शिवजी मण्डेल
४ कात्तिक, बझाङ । बझाङमा भएको जीप दुर्घटनामा परी ज्यान गुमाएकाको राहत र घाइतेको उपचारका लागि अहिले जिल्लाका स्थानीय तहहरूले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।
जीप दुर्घटनामा परि ज्यान गुमाएका र घाइते भएकालाई मष्टा गाउपालिकाले सबै पालिकाहरुलाइ हातेमालो गरेर सक्दो सहयोग गर्न आग्रह गरे सँगै आर्थीक सहयोगमा यहाँका स्थानीय तह सहयोग गर्न थालेका हुन् ।
अहिलेसम्म जिल्लाका चार स्थानीय तहले आर्थिक सहयोग गर्न घोषणा गरेका छन् । जसमा जयपृथ्वी नगरपालिकाले ३ लाख रुपैयाँ, तलकोट गाउँपालिकाले २ लाख रुपैयाँ, छबिसपाथिभेरा गाउँपालिकाले १ लाख ७५ हजार रुपैयाँ र केदारस्युँ गाउँपालिकाले पनि १ लाख ७५ हजार रुपैयाँ विपद कोषबाट खर्च गर्ने गरि सहयोग घोषणा गरेको चारवटै स्थानीय तहका प्रमुखले बताएका छन् ।
दुर्घटना भएको प्रति शोक बक्तव्य जारी गर्दै बिहीबार चारै स्थानीय तहले उक्त रकमसहयोग गर्ने घोषणा गरेका थिए । अहिले सम्म मष्टा गाउपालिकाले ज्यान गुमाएका र घाइते भएकाहरुको व्यस्थापन लगाएतमा ६ लाख खर्च गरीसकेको र बाकी अझै गर्ने गाउपालिका अध्यक्ष ज्ञान बहादुर बोहराले बताए । जिप दुर्घटनामा आठ जनाको मृत्यु भएपछि मष्टा गाउँपालिकाले बिहीबार मष्टा गाउँपालिका कार्यालय, वडा कार्यालय तथा गाउँपालिका मातहतका कार्यालयमा शोक विदा दिइएको थियो ।
बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका-१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको सुपप्र ०१(००१ च ११७ नम्बरको जीप दुर्घटना भएको थियो । दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार