‘निरमाया’ को फस्टलुक र टिजर सार्वजनिक

नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार २२:३४:५०

४ कात्तिक, काठमाडौं । मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टर सहित टिजर सार्वजनिक गरिएको छ। परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन्। महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्। चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।
चलचित्रमा रमेश बुढाथोकी,लय संग्रौला,जे.एन.घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,गोपाल ढकाल,रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ। रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो।
एक मिनेट ४५ सेकेन्ड लामो टिजरले बर्षौं देखि जरो गाडेको जातिय छुवाछुतको मुद्दालाई उजागार गर्न खोजेको छ। टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। नेपाल सरकारको संबिधानमा १७ बर्ष अघि अन्त्यको घोषणा गरिएको जातिय छुवाछुतको घोषणा बर्तमान अवस्थामा पनि शहर केन्द्रित भएको तर गाउँ गाउँ कुना कन्दरा सम्म यसको प्रभाव अझै रही रहेको र यस चलचित्रले उक्त बिषय माथि आम जन मानस र नयाँ पिंढीहरुलाइ सकारात्मक संदेश दिई समाज र सोच परिवर्तन गर्न सफल रहने बिस्वाश निर्माण टिमको रहेको छ। निर्माण टिमले यस चलचित्रलाई नेपाल सरकारको सहयोगमा देशभर विभिन्न शोजहरु गरि जना चेतना जगाउने लक्ष्य लिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमिर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ फूलपातीमा रिलिज हुने
फागुन १६, २०८१ शुक्रबार
‘रेशम फिलिली’ र भूकम्पको अनौठो सम्बन्ध !
फागुन १६, २०८१ शुक्रबार
फिल्म 'लाज शरणम्' ले पहिलो दिन कति कमायो ?
फागुन १६, २०८१ शुक्रबार
राजा ज्ञानेन्द्रको अभिव्यक्तिले राप्रपामा उत्साहः दलहरुमा अघोषित एकता
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
नेपालबहस संवाददाता
फागुन १५, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा भूकम्पमा भाग्दा एक कैदी घाइते
नेपालबहस संवाददाता
फागुन १६, २०८१ शुक्रबार
रुपन्देहीको मायादेवीमा गोली प्रहार गरी युवाको हत्या
फागुन १७, २०८१ शनिबार
अन्तर्राष्ट्रिय सहयोगको भविष्य : अमेरिका पछि हट्दा चीन अघि सर्ला ?
फागुन १७, २०८१ शनिबार
कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौंलाई
फागुन १७, २०८१ शनिबार
कर्णालीमा स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रमका लागि २१ पालिकाले पायो बजेट
फागुन १७, २०८१ शनिबार
सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते
फागुन १७, २०८१ शनिबार
लागूऔषध विरुद्धको महाअभियान सुरु
फागुन १७, २०८१ शनिबार
खानेपानीमन्त्री प्रदीप यादव नयाँ दिल्लीमा
फागुन १७, २०८१ शनिबार
महिलालाई मादल बजाउने तालिम दिँदै पर्वतका स्थानीय तह
फागुन १७, २०८१ शनिबार