निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने गृहमन्त्री खाणको दाबी
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार २३:२६:४६
४ कात्तिक, भैरहावा । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले मंसिर ४ को निर्वाचनपछि संघीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन् ।
स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताए ।
पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारसमेत रहेका खाँणले सिद्धार्थनगर नगरपालिका–६ को सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सो दाबी गरेका हुन् ।
‘देशको शान्ती, स्थायित्व, स्थिरता र विकास नै अहिले देशको मूल मुद्दा हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि गणतन्त्रको प्रतिफल नेपाली जनताले प्राप्त गर्नुपर्यो, यी सबैको प्राप्ति नै पाँच दलीय गठबन्धनको मूल योजना हो’ उनले भने ।
नेपालमा शान्ति, राजनैतिक स्थायित्वको लागि विभिन्न राजनैतिक विचारधारा बोकेका दलको बिचमा सहमति र सहकार्य भएर नै गठबन्धन बनाइएको उनले बताए । ‘जुन पार्टीले सरकार बनाउँछ, उसैले नै विकासको निति निर्माण गर्दछ’ उनले भने, ‘यस क्षेत्रको विकासको लागि जिल्लाको विकासको लागि पाँच दलीय गठबन्धनलाई सहयोग पु¥याउन अपिल गर्दछु ।’
उनले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार सन्तोष पाण्डेले पाँच दलीय गठबन्धन पवित्र रहेको बताए । ‘पाँच भनेकै पवित्र शब्द हो, हाम्रो पाँच दलीय गठबन्धन पवित्र गठबन्धन हो’ उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार