अवरुद्ध सडक दश दिनपछि पुनः सञ्चालनमा
नेपालबहस संवाददाता
कात्तिक ४, २०७९ शुक्रबार २३:४५:१६
४ कात्तिक, तनहुँ । तनहुँको दक्षिण भेगमा पर्ने श्रृङ्गपथ मोटरमार्गअन्तर्गत देउराली–सुनाकोट सडकखण्डमा सडक भासिएर अवरुद्ध बनेको सडक दश दिनपछि पुनः सञ्चालनमा ल्याइएको छ ।
अविरल वर्षाका कारण गत असोज २६ गते सडक भासिँदा सवारी साधनको आवागमन अवरुद्ध भएपछि नयाँ ट्रयाक खोलेर आजदेखि सवारी पुनः सञ्चालनमा ल्याइएको हो । अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकको सडकमा पहिरो जाँदा तनहुँको ऋषिङ, घिरिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लामा गुड्ने सवारी साधन रोकिएका थिए ।
सडक अवरुद्ध भएपछि यताको गाडी यतै र उताको गाडी उतै रोकिएकाले केही दूरी हिँडेर यात्रुले पुनः बस चढेर यात्रा गर्न बाध्य भएको घिरिङ गाउँपालिकाका प्रेस सल्लाहकार अन्जान परियारले जानकारी दिए । दैनिक माथिबाट सडकमो पहिरो खसेकाले दुईदेखि तीन वटासम्म डोजर प्रयोग गरी माथिपट्टि पहरा कटान गरेर नयाँ सडकमार्ग बनाइएको हो ।
गण्डकी प्रदेशले रु २५ लाख बजेट उपलब्ध गराएकाले जिल्लास्थित पूर्वाधार कार्यालयले सडक निर्माणको काम गरेको उनले बताए । दशैंको समयमा गाडी नचलेपछि लामो दूरीको बाटो पैदल हिँडेर आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान सर्वसाधारणले कठिनाइ भोग्नुपरेको थियो ।
सडक बनेपछि साना तथा ठूला गाडी पनि निर्वाधरुपमा गुड्न थालेको भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए । दशैंको समयमा अविरल वर्षा भएका कारण पनि तत्काल काम गर्न नसकिएकाले केही समय ढिलाइ हुन गएको उनले बताए । चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै रहने व्यवस्था मिलाइ यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार