तेक्वान्दोमा स्वर्ण जितेका अख्तरलाई स्वतन्त्र उम्मेद्वार सिंहले गरे सम्मान
आबिद हुसेन
कात्तिक ४, २०७९ शनिबार ३:११:४
४ असोज, बीरगञ्ज । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो तर्फ स्वर्ण पदक विजेता बीरगञ्जका म।सोयब अख्तर सम्मानित भएका छन् । पर्सा क्षेत्र नम्बर २ ‘ख’ का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले एक कार्यक्रमका बीच स्वर्ण पदक विजेता खेलाडी अख्तरलाई मायाको चिनोसहित सम्मान गरेका हुन् ।
बीरगञ्ज ३ निवासी अख्तरले पोखरामा भएको खेलमा नेपाल प्रहरीका सुवासचन्द्र बोहोरालाई पराजित गर्दै स्वर्ण पदक हात पारेका थिए । ५८ केजी समूहतर्फ खेलेका उनले बोहोरालाई पराजित गर्दै मधेस प्रदेशकै लागि तेक्वान्दो तर्फ उक्त पदक दिलाउन सफल भएका हुन् । तेक्वान्दोमा स्वर्ण पदक जित्ने प्रदेशमै उनी मात्रै एक खेलाडी हुन् ।
अख्तरलाई सम्मान गर्दै स्वतन्त्र उम्मेद्वार सिंहले बीरगञ्ज र पर्सा जिल्लाको मात्रै नभई प्रदेशकै नाम राख्न सफल हुनु गौरबको विषय भएको बताए । उनले भने, ‘यो वीरगञ्ज र पर्सा जिल्लाको लागि मात्रै नभई समग्र प्रदेशकै लागि गौरबको विषय हो, बीरगञ्जेली छोरोले अवसर पाए गरेर देखाउँछ भन्ने उदाहरण पनि हो ।’ खेलबाट आफ्नो क्षेत्र र देश चिनाउने गरी आउँदा दिनमा पनि अग्रसर रहिरहन आग्रह गर्दै उनले खेल क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी ?
मंसिर १६, २०८१ आइतबार
निर्वाचन आयोग भन्छ, उपनिर्वाचनमा ६२ प्रतिशतमाथि मत खस्यो, आजबाटै गणना सुरु हुन्छ
मंसिर १६, २०८१ आइतबार
प्रयाग अहमदको अध्यक्षतामा मदर्सा बरकतुल उलुमको नयाँ कार्यसमिति चयन
मंसिर १६, २०८१ आइतबार
सरेको सरै भयो भाटभटेनीका सञ्चालक गुरुङले एमालेलाई दान दिएको जग्गा विवादविरुद्धको रिट
मंसिर १६, २०८१ आइतबार