बझाङ उद्योग वाणिज्य संघ कप २०७९ महिला तर्फकाे खेल सम्पन्न, पुरुषको फाइनल खेल बाँकी
नेपालबहस संवाददाता
कात्तिक ५, २०७९ शनिबार १३:७:२०
♦ शिवजी मण्डेल
५ कात्तिक, बझाङ । बझाङ उद्योग बाणिज्य संघले सिलदेवी मेलाको अवसर पारि आयोजना गरेको जिल्ला स्तरीय उद्योग वाणिज्य संघ कप २०७९ अन्तर्गत महिला तर्फको खेल सम्पन्न भएको छ । असोज ३० गतेदेखि सुरु भएको सर्वाधिक ठूलो धनराशिको महिला पुरुष भलिबल प्रतियोगितामा महिला तर्फको खेल शुक्रबार सम्पन्न भएको हो । पुरुष तर्फको फाइनल खेल बाँकी रहेको छ ।
शुक्रबार सदरमुकाम चैनपुरमा सम्पन्न भएको महिला भलिबल तर्फ छबिसपाथिभेरा गाउँपालिकाले बझाङ उद्योग वाणिज्य संघ कप २०७९ हात पारेको छ । फाइनलमा छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । जसमा मष्टा गाउँपालिकालाई हराउँदै छबिसपाथिभेरा गाउँपालिकाले कप हात पारेको हो । छबिसपाथिभेरा सँग हार बेहोर्दै मष्टा गाउँपालिका द्वितिय भएको छ । त्यस्तै जयपृथ्वी नगरपालिका तृतीय र बित्थडचिर गाउँपालिका सान्त्वना भएको छ ।
उद्योग वाणिज्य संघ कप २०७९ मा सहभागी टिमलाई पन्छ्याउँदै प्रथम भएको छबिसपाथिभेरा गाउँपालिले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप, मेडलको साथै प्रमाणपत्र , द्वितीय मष्टा गाउँपालिकाले रु ३१ हजार १ सय ११ रुपैयाँ नगदका साथै कप मेडल र प्रमाणपत्र, तथा तृतीय जपयृथ्वी नगरपालिकाले रु २१ हजार १ सय ११ रुपैयाँ नगद र कप मेडलका साथै प्रमाणपत्र हात पारेको छ, भने त्यस्तै सान्त्वना भएको बित्थडचिर गाउँपालिमाले रु ५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र जितेको छ ।
महिला तर्फ प्रतियोगितामा ९ टिम सहभागी भएका थिए । छबिसपाथिभेरा गाउँपालिका यसअघि पनि थलारा गाउँपालिकाले दसै तिहारको अवसर पारी आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम भएको थियो । पुरुष तर्फको फाइनल खेल भने हुन बाँकी छ । आयोजक कमिटीले फाइनल खेल आज बिहान ७ बजेदेखि छबिसपाथिभेरा गाउँपालिका र केदारस्युँ गाउँपालिका बीच प्रतिस्पर्धा हुने जानकारी दिएको छ । छबिसपाथिभेरा र केदारस्युँ प्रथम र द्वितिय स्थानको लागि भिड्नेछन् । यसअघिनै मष्टा गाउँपालिका तृतीय र बुङ्गल नगरपालिका सान्त्वना भइसकेको सञ्चारकर्मी समीर कठायतले बताए ।
प्रतियोगिताको प्रथमले रु १ लाख ३१ हजार १ रुपैयाँ ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र, द्वितीयले रु ७५ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडलका साथै प्रमाणपत्र, तथा तृतीय भएको मष्टा गाउँपालिकाले रु ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र,र सान्त्वना भएको बुङ्गल नगरपालिकाले रु ११ हजार १ सय ११ रुपैयाँ नगदसहित कप मेडल सँगै प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा १६ टिमको सहभागीता भएको थियोे ।
प्रतियोगिता सुरु भएको समय भलिबल खेल मात्रै नभएर अन्य साँस्कृतिक कार्यक्रम र देउडा प्रतियोगिता पनि भएको थियो । पुरुष तर्फको खेल बाँकी रहेकोले प्रतियोगिता सम्पन्न भएको छैन । फाइनल खेल सकिएपछि पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न गरिने उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए । बझाङ उद्योग वाणिज्य संघले प्रत्येक वर्ष सिलदेवी मेलाको अवसरमा खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
सहकारी पीडितहरुद्धारा पुल्चोकस्थित आयोगको कार्यालय घेराऊ
मंसिर ७, २०८१ शुक्रबार
स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति
मंसिर ७, २०८१ शुक्रबार
महिला किसानलाई सुत्केरी भत्तासँगै सरकारी सुविधाको व्यवस्था गर्न माग
मंसिर ७, २०८१ शुक्रबार
प्रादेशिक अस्पताल जलेश्वरमा दुई करोडका उपकरण प्रयोगविहीन
मंसिर ७, २०८१ शुक्रबार
पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु : अधिकारी
मंसिर ७, २०८१ शुक्रबार
चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागु : विदेश मन्त्रालय
मंसिर ७, २०८१ शुक्रबार