प्रचण्डद्धारा असन्तुष्टलाई फकाउदै, अहिले टिकट नपाउनेहरुलाई अवसरै अवसर प्रदान गरिने
नेपालबहस संवाददाता
कात्तिक ५, २०७९ शनिबार २१:४२:२९
५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बागी उम्मेदवार लाई फकाउदै सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरुले अवसरै अवसर पाउने बताएका छन् ।
विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले आफूहरुले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएका , टिकट नपाएकाहरुलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताउदै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
टिकट वितरण भनेको जस्तो नभएको कारण चुम्चिएका बागी उठेकालाई उनले गठबन्धनले बहुमतको सरकार निर्माण गरेमा अवशरै अवशर दिने भन्दै गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । विभिन्न आयोगमा नियुक्ति, राजदुत लगायतका पदका नेता तथा अन्यालाई व्यवस्थापन गरिने उनको भनाई थियो । चुनावमा असन्तुष्टि भएका हरु पनि खुसी पार्ने आफनो दायित्व भएको बताए ।
त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन्’ प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार