पार्किङका नाममा महांकाल मन्दिरमा लुट मच्चाउने असई भट्टराई आफैँ खेदिए
नेपालबहस संवाददाता
कात्तिक ५, २०७९ शनिबार २२:३:५६
५ कार्तिक, काठमाडौं । वर्षौंदेखि पार्किङका नाममा अवैध शुल्क असुल गर्दै आएका नेपाल प्रहरीका असई पदम भट्टराई अन्ततः कारवाहीमा परेका छन् । उनलाई प्रहरी हेडक्वाटरको उजुरी छानविन शाखाले तत्काल उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको रमना थमाउँदै त्यहाँबाट पनि चौविस घन्टाभित्र उपत्यका भित्र अन्यत्र कतै सरुवा गर्न निर्देशन दिएको छ ।
अवैद्य पार्किङका नाममा लुट मच्चाएको समाचार नेपालबहसमा प्रकाशित भएपछि असई पदम भट्टराईलाई प्रहरी हेडक्वाटरको उजुरी छानविन शाखाले बयान लिनुका साथै मन्दिर आसपासका स्थानीय जनता र पुजारीसँग पनि सोधपुछ गरिसकेपछि दोषी ठहरिएका उनलाई कारवाही स्वरुप सरुवा गरेको हो । उनी महांकाल मन्दिरस्थित सामूदायिक प्रहरीमा मात्र बिगत डेढ दशकदेखि कार्यरत थिए ।
जनसेवा प्रहरी वृत्त अन्तर्गतको सामुदायिक प्रहरी महांकाल मन्दिरमा ड्यूटी खटाईए पनि असई पदम भट्टराई मन्दिरमा आउने भक्तजनका सवारी साधन तथा न्यूरोडका व्यापारीका सवारी साधनको पार्किङ शुल्क उठाउने धन्दामा प्रत्यक्ष लागि परेका थिए ।
पछिल्लो समय निकै विवाद आएपछि उनले आफ्नो सालालाई अघि सार्दै आफू पर्दा पछाडीको नायककै रुपमा उभिएका थिए । भक्तजनलाई समेत पार्किङमा असुविधा हुने गरी उनले न्यूरोडका व्यापारीका गाडी पार्किङ गर्न दिन्थे । गुठी संस्थानको नक्कली रसिद छापेर समान ढुवानी गर्ने सवारी साधनबाट प्रति घन्टा १ सय र अन्य निजी सवारी साधनसँग ५०, मोटरसाईकलसँग २० रुपैयाँ असुल्न लगाइन्थ्यो ।
पार्किङका सन्दर्भमा विवाद बढेपछि असई भट्टराईले मन्दिरका स्वयम्सेंवक किसन ठकुरीलगायतलाई यस विषयमा नबोल्न धम्की नै दिएका थिए । मन्दिरका पुजारीदेखि मन्दिर परिसरमा व्यापार गर्ने व्यापारीहरु समेत असई भट्टराईको व्यवहारबाट दिक्क थिए ।
यहीबीच, असई भट्टराईले आफ्नो श्रीमतीको नाममा महाविर सेक्यूरीटी कम्पनी खोलेर पार्किङ शुल्क असुल्न पनि सेक्यूरीटीलाई लगाउनुका साथै मन्दिरमा आउने व्यापारी भक्तजनलाई अनुरोधात्मक शैलीले आफ्नो कम्पनीका सेक्यूरीटी व्यवसायिक स्थानमा राखिदिन पनि अनुरोध गर्ने गरेको पनि खुलेको छ । जनसेवाबाटै खटिएका असई भएकाले न्यूरोडका केही व्यापारीले असई भट्टराईको अनुरोध अनुसार केही सेक्यूरीटी भर्ना गरिदिएको पाइएको छ ।
र याे पनि.…. महांकाल मन्दिर परिसरमा लुटैलुट: पार्किङका नाममा प्रहरीकै असईको दादागिरी
अवैध पार्किङका लुटेराद्धारा महांकाल मन्दिरका स्वयंसेवकलाई धम्की, प्रहरीकै असईको संलग्नता
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
मेक्सिकोको ट्रम्पलाई चेतावनी, ‘हाम्रो समानमा थप कर लगाए, बदला लिन्छौ'
मंसिर १२, २०८१ बुधबार
एमसीए नेपालले ४०० केभी विद्युत् प्रसारणलाइन निर्माणका लागि निकाल्यो बोलपत्र
मंसिर १२, २०८१ बुधबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार