हिमांशु भुवानिया (अग्रवाल) द्धारा हुण्डीका नाममा करोडौं ठगी, पुलीसकै हाकिमसँग मिलेपछि ‘
नेपालबहस संवाददाता
कात्तिक ५, २०७९ शनिबार २२:११:३
५ कार्तिक, काठमाडौं । भारत घर भई जनकपुरतिर बसोबास गर्दै आएका हिमांशु भुवानिया (अग्रवाल) ले हुण्डीका नाममा करोडौं रकम ठगी गरेको आरोप लागेको छ । उनले थुप्रै व्यक्तिको हुण्डी गरिदिने नाममा जिम्मा लिएको करोडौं रकम ठगी गरेको बताइएको छ ।
हुण्डी गर्न दिएको पैसा सम्बन्धित ठाउँमा नपुगेपछि सम्बन्धित पक्षले हिमांशुसँग पटक–पटक सम्पर्क गर्दा उनले आफूलाई रकम पठाएको पाटीले विश्वासघात गरेको भन्दै रकम पचाउने उपाय खोजीरहेको पाइन्छ । यसरी थुप्रैको लाखौं, करोडौं रकम हिमांशुले ठगी गरेको गुनासो प्राप्त भएको छ ।
यद्यपि, हुण्डी कारोबार आफैँमा अवैद्य भएकाले पीडित पक्षले प्रहरीमा उजुर बाजुर गर्न जानसकेका पनि छैनन् भने स्वयं प्रहरीका केही उच्च अधिकारीसँग हिमचिम राख्ने गरेका हिमांशुले पीडित पक्षसँग सम्पर्कमै आउन छाडेको बुझिएको छ ।
किर्ते कागजातका आधारमा नेपालको नागरिकता समेत लिएका हिमांशुको देखावटी व्यापार थलो इन्द्रचोकमा छ । त्यहाँ उनको सामान्य कपडा पसल सञ्चालनमा छ । नेपाल प्रहरीका केही उच्च अधिकारीको समेत नाम लिएरै हिमाशुंले आफ्नो धन्दा निर्वाध सञ्चालन गर्दै आएका छन् । पीडित पक्षसँग सम्पर्कमै आउन नचाहाने उसले विभिन्न नम्बरबाट हिमांशुलाई सम्पर्क गर्दा नचिनेको नम्बरबाट आएको फोन उठाइहालेको खण्डमा आफू कुनै प्रहरी कार्यालयमा भएको भन्दै त्यहीँ भेट्न बोलाउने गरेको पीडित पक्षको भनाई छ ।
खासगरी हिमांशुले ललितपुर प्रहरी परिसरमा कार्यरत इन्स्पेक्टर सुरेश ठाकुरको नाम धेरै जसो लिने गर्छन् । हिमांशु र इन्स्पेक्टर ठाकुर ‘फेसबुक फ्रेण्ड’ पनि हुन् भने एक बहालवाला एआईजीसँग त आफ्नो निकै उठबस हुने गरेको भन्दै केही दिन अघि उनलाई आफ्नै खर्चमा विदेश सयर गर्न पठाएको समेत भन्न पछि पर्दैनन् हिमांशु ।
ती एआईजीसँग केही दिन अघि सम्पर्क गरी ‘तपाईंको नाम जोडेर हिमांशुले धेरैलाई ठगी गरिरहेको छ’ भन्ने जानकारी गराउँदा आफूसँग खासै सम्पर्क भएजस्तो नगरेका ती एआईजीले ‘ यदि आफ्नो नाम जोडेको भए कारवाही गर्ने’ प्रतिबद्धता जनाएका थिए । तर, पछिल्लो दिनमा भने ‘आत्महत्याको अवस्थामा पुगिसकेको रहेछ’ भन्दै उनै एआईजी तर्कन खोजीरहेको देखिन्छ । ती एआईजीको भनाई थियो, ‘कारवाही गर्न खोजेको त उ सुसाईडको अवस्थामा पुगिसकेको रहेछ, त्यस्तोलाई के कारवाही गर्नु ?’
ठगी एक महाअपराध हो । त्यसमा पनि स्वयं प्रहरीकै उच्च अधिकारीलगायत अन्य प्रहरीका अधिकारीको पनि नाम आरोपितसँग जोडिएको अवस्था छ । तर, आफूहरुसँग उठबस छ भन्दैमा अपराधीलाई स्वयं प्रहरीले संरक्षण दिन मिल्छ ? अर्थात्, कारवाहीबाट छुट गर्न मिल्छ ? प्रश्न उठेको छ ।
उता, प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टर ठाकुरसँग सम्पर्क गर्दा आफूले हिमांशु भुवानियालाई चिनेको बताए । हिमांशुले आफू जतिबेला पनि जावलाखेल प्रहरी कार्यालयमा इन्स्पेक्टर सुरेश ठाकुरको कार्यकक्षमा रहेको बताउने गरेको सन्दर्भमा जिज्ञांसा राख्दा इन्सपेक्टर ठाकुरको भनाई थियो, ‘जनकपुरमा हुँदा चिन्या हुँ, सामान्य चिनजान मात्र हो । उ यहाँ मेरो कार्यालयमा खासै आउँदैन ।’
यसै विषयमा हुण्डी धन्दामा संलग्न रहेको आरोप लागेका हिमांशु भुवानियाकै मोवाइल नम्बर ९८१०७५१८८५, ९८१२१७८५२६ मा सम्पर्क गर्न खोज्दा आफू हिंमाशु नभएर सन्तोष साह भएको बताउँदै कुराकानी गर्न चाहेनन् ।
इन्द्रचोकमा कपडा पसल देखाएर हुण्डी धन्दा गर्ने र हुण्डी गर्ने नाममा आफूले लिएको रकम पचाउने नियत पालेका हिमांशुको यस्तै(यस्तै धन्दा अब कहिलेसम्म चल्ला ? रकम बुझाएर हिस्स परिरहेकाहरुको रकम फिर्ता होला वा सम्वन्धित ठाउँमा पुग्ला ? समयले देखाउने छ । अनी, कारवाही गर्नुपर्ने यस्ता महाअपराधीलाई उल्टै संरक्षण गर्ने प्रहरीका बर्दीधारी अधिकारीको विश्वास कहिलेसम्म गर्दै जाने ? प्रश्न उठ्नु स्वभाविकै हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन स् महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
मंसिर ८, २०८१ शनिबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार