गृह प्रशासनको निर्णय कति सान्दर्भिकः क्रिसमसलाई खुल्ला, तिहारलाई प्रतिबन्ध
केदार भट्टराई (काका)
कात्तिक ६, २०७९ आइतबार १८:०:१८
६ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले यसवर्षको तिहारमा साँझ ९ बजेपछि देउँसी र भैलो खेल्न दिने-नदिनेबारे जिल्लाको वस्तुस्थिति हेरेर प्रतिबन्ध लगाउने वा नलगाउने निर्णय गर्न ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र जारी गरेपछि अहिले सर्वत्र आलोचना सुरु भएको छ । विगतमा कोभिड लगायतका कारणले खुलेर चाडबाड मनाउन नपाएका आम नेपाली यो वर्ष खुलेर तिहार मनाउने तयारी गरिरहेका बेला यस्तो निर्देशन आएपछि गृह लगायत सुरक्षा व्यवस्थामाथि आलोचना सुरु भएको हो ।
कतिपय हिन्दुवादी संघसंस्था र अभियान्ताहरुले राज्यले हिन्दुहरुमाथि अनुचित व्यवहार देखाएको बताएका छन् । उनीहरुका अनुसार क्रिश्चियन धर्मलाई सहयोग पुर्याउने उदेश्यले सरकारले हिन्दुहरुको महान चाड तिहारमा रमाइलो र सांस्कृतिक परम्पराको जर्गेनाका लागि खेलिने देउँसीभैलोलाई अघाेषित प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन् ।
गृहले जिल्ला प्रशासनलाई वस्तुस्थिति हेरेर गर्न निर्देशन दिएपनि प्रमुख जिल्ला अधिकारीहरुले भने यसलाई कडाइका साथ कार्यान्वयन गराउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहले शुक्रबार नै सबै जिल्ला प्रशासन कार्यलयलाई अवस्था हेरेर निर्णय लिन परिपत्र गरेको थियो । लगत्तै प्रशासनले काठमाडाैं उपत्यकामा राति ९ बजेपछि देउँसी र भैलो खेल्न रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनले देउँसी र भैलो खेल्न राति ९ को समयसीमा तोकेपछि १५ दिनदेखि देउँसी र भैलोको तयारी गरिरहेका विभिन्न क्लब र समूहहरु अलमलमा परेका छन् । त्रिवेणी युवा क्लब अनामनगरका उमेश योञ्जनकारले भने,‘ हामीले सामाजिक कार्यका लागि उपत्यकाभरी खोल्ने गरी १५ दिन अगाडिदेखि तयारी गरिरहेका छौँ । यो पटक खुल्ला रुपले खेल्ने सल्लाह भएको थियो । तर, ९ बजेपछि नदिने भनेको छ ।
उनले क्रिश्चियन/ इसाई धर्मालम्बीहरुले मनाउने क्रिसमसलाई चौविसै घण्टा खुल्ला गरिदिने सरकारले आफ्नै रार्ष्ट्रिय चाड तिहार खुलेर मनाउन नदिनु दुःखद पक्ष भएको बताए । यसले आम नेपालीहरुलाई खिन्न बनाएको भन्दै प्रतिबन्ध लगाउनुपर्ने क्रिसमस जस्ता विदेशीहरुले मनाउने पर्वलाई चौविसै घण्टा छाडिदिने र आम हिन्दुहरुले मनाउने राष्ट्रिय पर्व चाँहि सरकारले तोकेको समयसीमाभित्र रहेर मनाउनुपर्ने कुरा गलत भएको उनको भनाइ छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर देउँसी र भैलो कार्यक्रम गर्न समयसीमा राख्ने वा नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै दिएपछि प्रमुख जिल्ला अधिकारीहरूले पनि जिल्लाको अवस्था हेरेर निर्णय लिनुपर्ने हो । तर, कुनै पनि जिल्लामा त्यो अनुसार निर्णय भएको छैन् ।
कतिपय जिल्ला र क्षेत्र यस्ता छन् जहाँ रातको समय विदेशी पर्यटकहरु नेपालीहरुको चाड तिहारको रमाइलो लिन चाहन्छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो पर्यटक आउने समय हो । अहिले काठमाडौंको ठमेल, स्वयम्भू क्षेत्र, बौद्ध जाेरपाटी लगायतका क्षेत्रमा पर्याप्त पर्यटकहरु रहेका छन् र उनीहरु नेपालीहरुसँगै तिहारमा नाचगान गरेर रमाइलो गर्न चाहन्छन् । तर, यी क्षेत्रमा साँझ ९ बजेपछि प्रतिबन्ध लगाइएको छ ।
यी क्षेत्रमा रातभरी रमाइलो गर्दा पर्यटनसँग सम्बन्धित व्यवसायीहरुले लाभ लिनसक्ने सम्भावना पनि सरकारले खोसेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तोकिएको समयसीमा भित्र मात्रै देउँसी र भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएको नेपालबहसलाई जानकारी दिए । उनले प्रशासनको आदेश उल्लंघन गरेमा कानुनअनुसार कारबाही गरिने बताए ।
यस्तै प्रशासनको यस्तो निर्णयबाट सबैभन्दा बढी मार गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेशको लुम्बिनी क्षेत्र परेको व्यवसायीहरु बताउँछन् । यी क्षेत्रमा तिहारको नाचगान पर्यटक आकर्षणका लागि महत्वपूर्ण मानिन्छ । यी क्षेत्रमा तिनदिनसम्म रमाइलो गर्दा पर्यटन व्यवसायीहरुले राम्रो आम्दानी गर्ने उनीहरुको भनाइ छ । पोखरामा हेण्डिक्राफ्ट व्यवसाय गर्दै आएका उत्तम ढकाल भन्छन्,‘यतिबेला पर्यटकहरुको संख्या राम्रै छ । तिहार परेकाले पनि पोखरामा पर्यटकहरु बढेका छन् ।’
ढकालका अनुसार उनीहरु नेपाली संस्कृतिप्रति बढी रुचि पनि राख्छन् । नेपालीहरुसँगै देउँसी र भैलोलगयतका सांस्कृतिक कार्यक्रममा रमाउन चाहन्छ । पोखरामा प्रायः गरी साँझ ९ बजेपछि पर्यटकहरुको चहलपहल बढी हुन्छ । तर, तिहार जस्तो पर्वमा यहाँको प्रशासनले पनि ९ बजेपछि सांस्कृतिक कार्यत्रम गर्न प्रतिबन्ध लगाएको छ ।
भक्तपुर र ललितपुरमा पनि काठमाडौंकै अनुसार ९ बजेपछि देउँसी भैलो खेल्न प्रतिबन्ध लगाइएको छ । पर्यटन व्यवसायीको भनाइमा क्रिसमसमा जस्तै तिहारमा पनि पर्यटकहरु रमाइलोका लागि अग्रसर हुन्छन् र अन्य समयमाभन्दा खर्च पनि बढी गर्छन् । उनीहरुले बढी खर्च गर्दा फाइदा नेपालीलाई नै हुने हो । तर, सरकराले क्रिसमसमा जस्तो तिहारमा रमाइलो गर्न दिदैन् ।
यता, प्रहरी प्रशासनलाई भने रातभरी देउँसी र भैलो लगायतका कार्यक्रम गर्दा खासै समस्या छैन् । केवल चाेरीका घटना बढ्ने र मादक पदार्थ सेवन गरी झैझगडा हुने विषय मात्रै समस्या हो । यसैलाई ध्यानमा राखेर सार्वजनिक स्थलमा मादकपदार्थ सेवन गरेर हिँड्न पनि निषेध गरेको सुरक्षा निकायको भनाइ छ । प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोगमा पनि प्रतिबन्ध लगाएको छ ।
नागरिक अगुवाहरुको भनाइमा तिहार जस्तो पर्वमा साँझ ९ बजेपछि देउँसी र भैलो जस्ता कार्यक्रम गर्न नदिनु भनेको राज्यले म जनतालाई सुरक्षा दिन सक्दिन भन्नु हो । नागरिक अगुवा झण्डा शेखर दाहाल भन्छन्,‘तिहार आम नेपालीहरुले मनाउने रार्ष्ट्रिय चाड हो । यो चाड जो जसरी मनाउन चाहन्छन् उनीहरुलाई त्यसरी नै मनाउन दिनुपर्छ । सुरक्षाको कारण देखाएर हरेक नेपालीको चाड मनाउन पाउने अधिकारलाई सरकारले रोक्न मिल्दैन ।’
आम नागरिकको नजरबाट हेर्दा पनि सुरक्षा दिन नसकेकै कारण प्रशासनले देउँसी भैलो जस्ता सांस्कृतिक कार्यक्रम गर्न समयसीमा तोकेको छ । यसले देशका नागरिकलाई सुरक्षा दिनसक्ने अवस्थामा नेपालको सरक्षा निकाय छैन भन्ने नै देखाउँछ । अर्को धार्मिक हिसाबले पनि अहिले प्रशासनले गरेको निर्णय भेदभावपूर्ण रहेको अभियान्ताहरु बताउँछन् ।
विगतदेखि नै सरकारले नेपालीहरुले मनाउन पर्वभन्दा विदेशीहरुले मनाउने पर्वलाई बढी प्राथमिकता दिएको देखिन्छ । कोभिडको समयमा पनि क्रिसमस डे चौविस घण्टा खुल्ला गरिएको थियो भने तिहारमा देउँसी र भैलोमा प्रतिबन्ध लगाइएको थियो । नेपालमा इसाई धर्मका अनुयाईहरू सौहार्दता तथा खुशीयालीको चाड क्रिसमस सुरक्षित रुपले मनाउँछन् ।
उनीहरुका लागि पूर्ण सुरक्षा दिन सरकार तयार हुने र नेपाली चाड तिहारलाई यो किसिमको बन्देज लगाउँदा सरकारको आलोचना हुनु स्वभाविक भएको धेरैको भनाइ छ । सरकारले पूर्णरुपको सुरक्षा दिएर नेपालीहरुलाई इच्छा अनुसार चाड मनाउन दिनुपर्ने आवाज पनि चर्को रुपमा उठिरहेको छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार