लुकेर फोहोर फाल्नेबाट महानगरले उठायो चार लाख जरिवाना
नेपालबहस संवाददाता
कात्तिक ७, २०७९ सोमबार १५:५०:१६
७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ ।
महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ ।
महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ । महनगरबाट खटिएको सुरक्षाकर्मीले रंगेहात पक्राउ गरी जरिवाना तिराएको हो । रातको समयमा कसैले मोटरसाइकल त कसैले अन्यलाई पठाएर सार्वजनिक क्षेत्र फोहोर फाल्न थालेपनि महानगरले निगरानी बढाएको थियो ।
वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको भट्टले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार