राजनीतिमा दलालीकरणको उपलब्धि ! तिहार नेताहरुको कस्तो, जनताको कस्तो ?
भेषराज पोखरेल
कात्तिक ८, २०७९ मंगलबार १८:३५:५३
नेपालको दोस्रो ठूलो चाड तिहार । सांस्कृतिक र सद्भावका रुपमा यसको महत्व धेरै ठूलो छ । यसबेला लक्ष्मीपुूजादेखि अन्य विभिन्न धार्मिक अनुष्ठानसहित विशेष खानेकुरा र दाजुभाई तथा दिदीबहिनीलाई दिने उपहार किन्नेको भीड लाग्छ । लाग्दै आएको छ । प्रविधि र विकासका दृष्टिले कमजोर राष्ट्र नेपाल लोकतन्त्र आएपछि फड्को मार्नुपर्नेमा झन्झन् तल झर्दै गएपछि आमजनताको तिहार संकटको अवस्थामा पुगेको छ । रमझममा रौनक हराउँदै गएको छ ।
राजनीतिक दलहरुका चल्तापुर्जा नेताहरुको तिहार भने गुल्जार बन्दै गएको छ । उपभोग्य सामग्री र सेवा क्षेत्रको मूल्य आकाशिँदै जाँदा आमसर्वसाधारणले आफ्नो स्वाभाविक आम्दानीले खुसीसाथ तिहार मनाउने अवस्था छैन । राजनीति दलालीकरणमा चुर्लुम्म डुबेपछि नेताहरुको आय र जीवनस्तरले भने फड्को मारेको छ । यही दलालीकरणका कारण नेपालको व्यापार व्यवसाय सरकारको नियन्त्रणबाट बाहिर गएको छ । एक त उपभोग्य सामग्रीको मूल्य बढाइएको छ अर्को, उपभोक्ताको अनुहार हेरेर मूल्य तोकिन थालेको छ । सरकारले अघिल्ला वर्षहरुमा औपचारिकता निर्वाह गर्न बजार अनुगमन गरेको बताउँथ्यो । ठूला व्यापारीलाई पूर्वजानकारी गराएर अनुगमनमा निस्कन्थे कर्मचारी, अहिले त त्यही पनि कम्ती सुनियो । यस्तो अवस्थामा जनताले खुसीसाथ तिहार मानाउन सक्ने कुरा भएन तर नेताहरुलाई भने दलाल पुँजीकरण बढ्न गएकाले त्यसको प्रतिफलले गुल्जार बनिरहेको छ । व्यापारीको मूल्य चर्काउने सुवर्ण अवसर पनि यही नै हो ।
आमसर्वसाधारणलाई अर्थतन्त्रका अन्य विभिन्न सूचंकका बारेमा थाहा हुन्न । उनीहरुका लागि दैनिक उपभोग्य वस्तुको मूल्यहरु चमल, घ्यु, तेल, दाल, तरकारी, चिनी, आटा, मैदा, तरकारी, फलफूल जस्ता वस्तु, यातायातका साधनको भाडा, बालबच्चा पढ्ने विद्यालयको शुल्क, बिरामी हुँदा उपचार र औषधिका लागि तिर्नुपर्ने पैसामा चासो हुन्छ । यी क्षेत्रमा अहिले अत्यन्तै मूल्य बढेको छ । यी उपभोग्य सामग्रीको मूल्य राष्ट्र बैंकको तथ्यांकभन्दा धेरै बढी छ ।
राष्ट्र बैंकको तथ्यांकले पनि खाद्यवस्तुको मूल्य ८ प्रतिशतभन्दा बढेको देखाएको छ । औषतमा यति देखाए पनि उसैको तथ्यांक अनुसार यी सबैको मूल्य १० प्रतिशतभन्दा धेरै बढी छ । अब भनौं, तिहारका लागि चाहिने घ्यु, तेल, चिनी, गहुँको आटा, मैदा महँगिएपछि तिहारका लागि बनाइने मिठाइँ महँगो हुने नै भयो, अझ बजारमा बनिबनाउन किन्दा त्यसभन्दा धेरै महँगो पर्छ । टीका लगाउन जाँदा यातायातका साधन प्रयोग गर्दा त्यसको भाडा लगभग २४ प्रतिशत बढी तिर्नुपर्ने भएको छ । अझ दशैं, तिहारमा सवारीसाधनका कामदारहरुले अरु थपेर भाडा लिने गरेका छन् । उता तिहारमा उपहार दिने सामग्रीको मूल्य पनि भारी मात्रामा बढ्न गएको छ । यस्तो अवस्थामा निम्न वर्ग र मध्यम वर्गलाई तिहार मनाउन कति गाह्रो होला ? सजिलै अनुमान गर्न सकिन्छ ।
नेपालमा खुला आर्थिक व्यवस्था अगाडि बढिरहेको छ । यसले निजी क्षेत्रलाई लगानीको वातावरण बढाए पनि पछिल्लो समय राजनीतिक क्षेत्र कमजोर र पार्टीगत र व्यक्तिगत लाभमा लागेपछि दलाल पुँजीपतिहरुको प्रवेश हुन पुग्यो । कर्मचारी र राजनीतिक नेतृत्व कमिसनबिना कुनै पनि काम अगाडि नबढाउने अवस्थामा पुगेपछि टाठाबाठा पुँजीपतिहरु पनि बीचौलियाको काम गर्न थाले । उनीहरुले पनि त्यस्तै किसिमका योजना लैजाने, कमिसन दिएर ठूलो लाभ हुने काम गर्न थाले । यस्तो अवस्थामा कुनै न कुनै रुपमा चल्तापुर्जा राजनीतिज्ञहरुलाई कुनै न कुनै क्षेत्रबाट कमिसन आइरहने बाटो बन्न गएको छ । यस्ता नेताहरुलाई के तिहार पर्व के अरु सबै समान हुने अवस्था बन्न गएको छ । जनतालाई भने मारै मार ।
आगामी निर्वाचनमा यस्तो दलालीकरणमा गएको राजनीति सुधार्ने गरी जनताले भोट देलान् ? भोट पनि कसलाई दिएर सुधार्ने अवस्था आउला ? केही स्वतन्त्रलाई जिताएर पनि राज्यसंयन्त्रको दलालीकरणको जालो चुँडिन कठिन छ । अहिलेसम्मको अवस्थालाई हेर्दा सरकार वरिपरि रहिरहने ठूला दलहरुको विकल्पमा कुनै पनि शक्ति सशक्त रुपमा तयार भएको देखिएको छैन । हामी विकल्प हौं भन्नेहरु पनि हर समय सक्रिय भएर राज्यसंयन्त्रबाट भएका गल्ती, कमजोरीको सशक्त विरोध गर्न सकेको देखिन्न । स्वतन्त्रहरुको अवस्था पनि यस्तै देखिएको छ ।
यदि सरकार बाहिरका दलहरु र स्वतन्त्र नेताहरुले भ्रष्टाचारको खोजी, सशक्त विरोध, दलालीकरणको पहिचान र विरोध, संस्थागत घोटालाको निरुपण र विरोध गर्न सक्ने हो भने सरकारले गलत काम गर्नै सक्दैनन् । सरकारबाहिरका राजनीतिक चेत भएकाहरुबाट त्यस्ता काम हुनै सकेका छैनन् । सबैभन्दा राम्रो उपाय के छ भने दलहरुभित्रका केही गरौं भन्ने, भ्रष्ट प्रवृत्तिको विरोध, सुशासनको धारणा राख्ने स्वच्छ छवि भएका र सत्ताको वरिपरि रिंग्न नचाहने पढेलेखेका युवा नेताहरुलाई जिताउने हो भने उनीहरुको सक्रियता बढ्न सक्छ । त्यसमा सरकारबाहिरका आफूलाई वैकल्पिक शक्ति ठान्ने दलहरु र स्वतन्त्रहरु जिते पनि हारे पनि यस्ता कुरामा सचेत भएर लागे यो दलालीकरण हट्दै जाने निश्चित छ । यस्तो अवस्थामा मात्रै नेता र जनताका पर्व एक समानका हुनेछन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपकानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार