आर्कषक सहकारीले ल्यायो ‘एकोलमार्ट डटकम’,अर्डर गर्नासाथ सामान घरमै
नेपालबहस संवाददाता
कात्तिक ८, २०७९ मंगलबार १९:२०:५०
८ कात्तिक, काठमाडौं । आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले एकै छानामुनी सबै सामान बिक्री गर्न ई–कमर्श साइड ‘एकोल मार्ट डटकम’ सार्वजनिक गरेको छ । लक्ष्मीपूजाको अवसर पारेर सहकारीले आज एक कार्यक्रम गर्दै ‘एकोलमार्ट डटकम’ उदघाटन गरेको हो ।दश बर्षदेखि उपभोक्ता तथा कृषि क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आइरहेको सहकारीले यसअघि दराज अनलाइनसँग सहकार्य गर्दै आफना उपत्पादनहरू बजारमा बिक्री गर्दै आएको थियो ।
बजारमा आफ्ना उत्पादनहरूको माग तीव्र बढ्न थालेकोले आफैले आधुनिक अनलाइन सपिङ पेल्टफर्म ‘एकोलमार्ट डटकम’ साइट सुरू गरेको संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले बताए । निकट भविष्यमै आफनो सेवा देशैभर पुर्याउने लक्ष्य राखेको एकोल मार्टले अहिले भने उपत्यकाको तीन जिल्लामा सेवा सुरु गरेको घिमिरेले बताए ।
आम उपभोक्तालाई सहकारी आफैले उत्पादन गरेका तथा दशैभरबाट संकलन गरिएका अग्र्यानिक उत्पादनहरू घर–घरमै उपलब्ध गराउने अभिप्रायले ई–कमर्श साइड ‘एकोलमार्ट डटकम’ सुरू गरिएको बताए ।
एकोल मार्टले अर्ग्र्यानिक खाद्यजन्य, जडिबुटीजन्य, तरकारी, फलफूल, माछा, विभन्न प्रजातीका फुलहरू तथा औषधिजन्य उत्पादनहरू गरी करिव पाँच सय प्रोडक्टहरू बिक्रीका लागि बजारमा ल्याएको उनले बताए । त्यसलाई क्रमशः विस्तार गर्दै लैजाने सहकारीको योजना छ ।
एकोलमार्ट डटकमका आइटी प्रमुख ई.प्रदीप भटराइले उपभोक्ताहरूले एकोलमार्ट डटकम लगिन गरेर सजिल्लै रजिष्टेशन गर्न सक्ने र आफुलाई आवश्यक वस्तुहरूको अर्डर गर्न सक्ने बताए । उनले कुनै पनि सामान घर वा कार्यालयसम्म डेलिभरी गर्ने सुविधा भएको बताए ।
एकटकमा १० ओटा प्रोडक्टसम्म अर्डर गर्न सकिने उनले बताए । मोबाइल तथा इन्टरनेटबाट घरमै बसेर विभिन्न उपभोक्ता वस्तुहरू किनमेल गर्न सहज होस् भनेर एकोलमार्ट डटकम सुरू गरिएको उनले बताए । साइडको फिचरलाई क्रमशः ग्राहकमैत्री बनाउँदै लैजाने पनि उनले बताए ।
आर्कषक उपभोक्ता कृषि सहकारी संस्थाले जडिबुटीबाट निर्मित ग्रीन टी, स्लीम टी, हर्बल सावुन, मसाज तेल, टुथपेष्ट, सेम्फु जस्ता प्रोडक्टहरू आफैले उत्पादन गर्दै आएको छ । त्यसैगरी सहकारीले लतिलतुरमा फुलखेती, तरकारी खेती, कुरोलो तथा अकबरे खुर्सानीका विरुवा उत्पादन, ट्राउट माछापालन जस्ता व्यवसायिक कृषि गर्दै आइरहेको छ ।
साथै सहकारीले आफनो हेड अफिस सातदोबाटोमा आर्कषक आर्युबेद क्लीनक पनि सञ्चालन गर्दै आइरहेको छ । ती सबै सेवाहरूका साथै देशैभरबाट संकलन गरिएका अग्र्यानिक चामल, पिठो, दाल, गेडागुडी, तेल, सिजनेबल तरकारी, आयुर्वेदिक औषधि जस्ता खाद्य तथा जडिबुटीजन्य करिब पाँच सय आइटमका प्रोडक्टहरू बजारमा ल्याएको अध्यक्ष घिमिरेले बताए ।
जिल्लामै नमूना सहकारीको रूपमा ख्याती कमाएको आर्कषक सहकारीले डिजिटल पेल्टफर्म ‘एकोलमार्ट डटकम’मार्फत आफनो बजार विस्तार गर्ने लक्ष्य लिएको छ । आधुनिक स्मार्ट फोन बोक्ने र इन्टरनेटमार्फत आफ्ना आवश्यकताका वस्तुहरू सपिङ गर्ने जमात बढेको भन्दै सहकारीका प्रोडक्टहरूले राम्रो बजार पाउने विश्वास घिमिरेले व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेको राजीनामा माग्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
जेठ १३, २०८१ आइतबार
पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ
जेठ ९, २०८१ बुधबार
नेता हो ! ०८४ मा भोट माग्न आउला: सहकारी पीडित
जेठ ९, २०८१ बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार