राजु थापाकाे मत माग्ने फरक शैली: धान काट्न सघाउँदै, मत माग्दै
नेपालबहस संवाददाता
कात्तिक ८, २०७९ मंगलबार १९:३४:५४
८ कात्तिक, स्याङ्जा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन २९ दिन मात्र बाँकी छ। स्याङ्जाका २ संघीय र ४ प्रदेशसभा निर्वाचनमा यहाँ १३ राजनीतिक दल र स्वतन्त्र गरी ५२ जना चुनावी प्रतिस्पर्धामा छन्। उनीहरुलाई मत माग्नै चटारो छ।
त्यसो त, कात्तिककाे दिन। हिले दशैं सकिएर घाम राम्रोसँग लागेको छ । खेतमा धान पाकेर पहेंलपुर बनेका छन् । प्रायः किसानका घरमा ढोका लागेका छन् । उनीहरु धान काट्ने र कुन्यु लगाउने चटारोमा छन् । मानो खाएर मुरी थन्क्याउने बेला हाे याे । यतिबेला मौसमले पनि साथ दिएको छ। टहटह घाम लागेको छ। प्रायजसोः सबैजना दिनभर खेतमै भेटिन्छन् । बालबालिका र बृद्ध बाहेक बिहानदेखि साँझसम्म उनीहरु खेतमा हुन्छन् यतिबेला । यसैको सदुपयोग गर्दै स्याङ्जाका प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजु थापा खेत खेतमै पुगेर मत मागिरहेका छन्।
‘पहिला घरमै पुग्छौं, जेष्ठ नागरिकका आर्शिवाद लिन्छौं, त्यसपछि खेतमा पुगेर मत माग्ने गरेका छौं।’ उनले भने । उनी नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन। राजु थापासँगै प्रदेश १ का उम्मेदवार अमृता थापा पनि सँगै छन्। जिल्लामा गठबन्धन हुदाँ यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको छ। उनको जन्मथलो पनि सोही भेगमा पर्छ। हरिनाश गाउँपालिकामा पुगेर उनीहरुले मत मात्र मागेनन् की धान काट्दै गरेका किसानसँगै धान काटे भने धान बत्ताउँदै गरेका किसानसँग धान पनि बत्ताउँदै मत मागे। उनले खेतमा हलाे जाेतेर राेपाई पनि गर्न भ्याए ।
उम्मेदवारको यो भोट माग्ने फरकशैली देखेर किसानहरु पनि खुशी र दंग थिए। उनीहरु भन्दै थिए, ‘खेतबारीसम्म आएर मत मागेपछि हाम्रा अवस्था बारेमा पनि चिन्तन होलानी ?’ हुन त, विस २०७४ सालको प्रतिनिधिसभा सदस्यमा पराजित बनेका थापा पटकपटक सो गाउँमा पुगेका छन्। गाउँका अवस्था बारे उनी साक्षात्कार छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार