साझा उम्मेदवारको समीक्षा र बागीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार १६:३३:२
९ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्ना तर्फका उम्मेदवारहरुको अवस्था र पाँच दलका कार्यकर्ताहरुको इतर पक्षको चुनाव चिह्नमा मतदान गर्न देखिएकोकठिनाइबारे छलफल गर्न सत्ता गठबन्धनकोे बैठक आज बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्ने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको निजि सचिवालयले जनाएको छ । बैठकमा सत्ता गठबन्धनमा आवद्ध दलका बागी उम्म्ेदवारमाथि गरिने कारबाहीबारे पनि छलफल हुने छ ।
सत्ता गठबन्धनमा रहेका दलले आगामी मंसिर ४ मा हुन लागेको आम निर्वाचनमा पार्टीका बागी उमेदवारलाई कारबाही गर्ने तयारी गरेका छन् । आजको बैठकमा चुनावी सभाबारे पनि छलफल हुने बताइएको छ । निर्वाचन नजिकिँदै गएकाले बागीलाई समय दिनुभन्दा कारबाही नै गर्नुपर्ने अवस्था आएको गठबन्धनका नेताहरुको बुझाइ रहेको बताइएको छ ।
तर, केही स्थानमा सत्ता गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनमै सहमति भएकाले त्यहाँका उमेदवारलाई भने कारबाही हुने छैन । गठबन्धनमा नेपाली कांग्रेसका बढी बागी उमेदवार छन् । काठमाडौं क्षेत्र न. १० र ३ का विषयमा पनि बैठकमा छलफल हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार