संविधानको रक्षा र आर्थिक विकासको मुल लक्ष्य बोकेको आम निर्वाचन निष्पक्ष र शान्तिपूर्ण हुन्छ: प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार १७:५:३१
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मुल उदेश्य संविधानको रक्षा र आर्थिक विकास भएको बताएका छन् । उनले मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने पनि बताएका छन् ।
नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर शाख्वाको माल्यार्पण समारोहमा उनले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि आग्रह गरेका छन् । उनले सरकारले नेतृत्व मात्रै गर्ने भएकाले निर्वाचनलाई शान्तीपूण,भयरहित र निष्पक्ष बनाउन आम नागरिकको ठूलो भूमिका हुने बताए ।
प्रधानमन्त्री देउवाले आम निर्वाचन मुलुकको संविधानको रक्षा, आर्थिक सुदृढिकरणका लागि महत्वपूर्ण हुने बताए । निर्वाचनमा सबै सक्रियताका साथ लाग्न उनले आग्रह गर्दै तत्कालिन प्रधानमन्त्री केपी ओलीका कारण देशमा राजनीतिक अस्थिरता आएको र त्यो अस्थिरताबाट देशलाई जोगाउन गठबन्धन बनाउनु परेको बताए ।
देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर शाख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताए । उनले दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे । उनले नेपाल संवत् नेपालीको मौलिक संवत् भएको बताए ।
निर्वाचनमा सबैले सहज रुपमा मतदान गर्न पाउने भन्दै देउवाले आगामी निर्वाचनलाई ठूलो पर्वका रुपमा लिएर चुनावी अभियानमा सहभागि हुने सबैमा आग्रह गरे । उनले लोकतन्त्रबादीहरुका लागि निर्वाचन महाउत्सव भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयले भन्यो, निजी अस्पतालले नर्स र स्वास्थ्यकर्मीलाई सरकारी सरह पारिश्रमिक दिनू
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार