निर्वाचन आयोगद्वारा प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको उम्मेदवारी खारेज
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार १७:४४:४९
९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको उम्मेदवारी खारेज भएको छ । प्रतिनिधिसभाको समानुपातिकमा दलिततर्फ चार नम्बरमा रहेका परियारको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरिदिएको छ ।
निर्वाचन आयोगको मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाउने निर्णय गरेको थियो । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जनासमेत परेका छन् ।
उनीहरुसँगै निर्वाचन आयोगले प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम प्रतिनिधिसभातर्फको समानुपातिकको बन्दसूचीबाट हटाएको हो । नेपाली कांग्रेसले बन्दसूचीमा समावेश गरेको परियारविरुद्ध आयोगमा उजुरी परेको थियो । परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कायम रहेको र उक्त पदबाट राजीनामा नदिएको भन्दै नाम हटाइएको हो ।
उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनीविरुद्ध उजुरी गरेकी थिइन् । कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।
दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकालाई सूचीबाट हटाएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा परी जरिवाना नबुझाएका, उमेर नपुगेका, दोहोरो उम्मेदवारीमा परेकाहरु, कालोसूचीमा रहेका र लाभको पदमा बसेकाहरुको नाम हटाएको हो ।
उमेर नपुगेकाहरुमध्ये प्रतिनिधिसभामा २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेद्वारी परेकाले ६६ जनाको नाम हटेको छ । ६ हजार ४ सय ५७ जना उम्मेदवार मध्ये जरिवाना नबुझाउने ३६९ जनासहित दाबी विरोधमा जाँचबुझ गरी ५४८ जना, लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
हिउँबिनाको हिमशृङ्खला
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंगसले चितवन राइनोजलाई ५१ रनले हरायो, प्लेअफ सम्भावना कायमै
मंसिर २८, २०८१ शुक्रबार
सोमबार पुनः सुनुवाइ गर्ने भन्दै हेर्दाहेर्दैमा राखियो एमालेलाई जग्गादानविरुद्धको रिट
मंसिर २८, २०८१ शुक्रबार
डा ओम फाउन्डेसनद्वारा ब्लाङ्केट वितरण
मंसिर २८, २०८१ शुक्रबार
सभामुख भन्छन- संविधानले परिकल्पना गरे अनुसार न संसदको गरिमा बढ्यो, न संसदीय ऐन बने
मंसिर २८, २०८१ शुक्रबार
विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य, बसिर अहमेदले बनाए अर्धशतक
मंसिर २८, २०८१ शुक्रबार