धनुषाको क्षेत्र न.४ मा ३१ उम्मेदवार, चुनावी प्रतिस्पर्धा भने त्रिपक्षीय
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार १९:१५:३६
९ कात्तिक, धनुषा । आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा धनुषा निर्वाच क्षेत्र नं ४ प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा आएका छन् । सत्ता गठन्धन कांग्रेसबाट महेन्द्र यादव, नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादवबीच यस पटक पनि त्रिपक्षीय भीडन्त देखिएको छ ।
हुन त यस क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय याद, हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवारबीच नै हुने देखिएको छ ।
यसअघि धनुषा निर्वाच क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित भएका नेकपा एमालेका सचिव रघुबीर महासेठ अहिले पनि प्रतिस्पर्धामा छन् । एमाले र जसपाबीच गठबन्धन भएपनि दुबै दलको आ–आफ्नै उम्मेदवार छन् । यता सत्ता गठबन्धनले एकल उम्मेदवार उठाएको छ । २०७४ को निर्वाचनमा पनि तीन उम्मेदवारबीच चर्को प्रतिस्पर्धा रहेको थियो ।
तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका थिए । महासेठ र महाजन दुबैले अघिल्लो चुनावका सहयात्री गुमाइसक्नुभएको छ । त्यो बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुबै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छन् । एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ ।
त्यसैगरी एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि दुबैको आ–आफ्नै उम्मेदवार भएपछि सत्तागठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् । एमालेले (क) मा कांग्रेस परित्याग गरी आएका सन्तोष यादव र (ख) मा मिथिला नगरपालिकाका पूर्वमेयर हरिनारायण महतोलाई उम्मेदवार बनाएको छ ।
जसपाले (क) मा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र यादव र (ख) मा चन्देश्वर महतोलाई उठाएको छ । एमाले र जसपाका सहमति अनुसार धनुषा–४ को प्रतिनिधिसभासँगै प्रदेशसभा (क) एमालेले लिने र (ख) जसपाले लिने उल्लेख छ । अर्कातर्फ नेकपा एकीकृत समाजवादीका धनुषा उपाध्यक्ष सोमप्रसाद शर्मालाई धनुषा (ख) बाट टिकट दिनेगरी एमाले प्रवेश गराइएकोमा टिकट भने दिइएको छैन ।
सत्ता गठबन्धन प्यानलसहित एकातिर छ । सत्ता गठबन्धनबाट प्रदेश सभा (क) मा भर्खर जसपा छाडेर आएका शेषनारायण यादव र (ख)मा एकीकृत समाजवादीका सत्रुघन महतो उम्मेदावर छन् । वन उद्यागेग पर्यटन प्रदेश मन्त्री समेत रहेका सत्रुधन यस क्षेत्रका प्रत्यक्ष निर्वाचित वर्तमान प्रदेश सांसद हुनुहुन्छ ।
त्यसैगरी चुनावको मुखमा केही स्थानीय प्रभावशाली नेताले गरेको पार्टी फेरबदलले पनि असर पार्ने सम्भावना प्रवल छ । जसपाले टिकट नदिएपछि विद्रोह गरेर कांग्रेसबाट प्रदेश सभा (क) मा उम्मेदवारी दर्ता गराएका शेषनारायाण यादवका कारण जसपालाई क्षति र कांग्रेसलाई फाइदा पुग्नसक्ने विश्लेषण भइरहेको छ । उता कांग्रेसका सन्तोष यादव एमालेमा प्रवेश गरेको क्षति कांग्रेसलाई पनि पुग्न सक्ने अर्काे अनुमान छ ।
यसका साथै ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ । धनुषा क्षेत्र नं ४ अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका कांग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नरपालिकाका बहुसंख्यक वडा पनि जितेको छ ।
एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं ४, क्षिरेश्वरको वडा नं ८ र ९, मिथिला विहारी नगरपालिकाको १, ३, ४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ९, १३, १४, १९, २१ र २२ गरी पाँचवटा भने यसै क्षेत्रमा पर्दछ ।
यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरुले पाएको मतको आधारमा कांग्रेस पहिलो र एमाले दोश्रोमा छन् । तेश्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार महेन्द्र यादवले स्थानीय तहमा कांग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताए । महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूतीका कारण आफूले निर्वाचन जित्ने दाबी गरेका छन् । उनले यस बीचको ५ वर्षमा आफू सबै जनता बीच पुगेको र धेरै कामहरु गरेको हुनाले आफ्नो लोकप्रियता जनतामा बढी रहेको तर्क गरे ।
उता महासेठले पनि आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्र गरेको, खोलाहरुमा पुल निर्माण गराएको लगायतको विकास निर्माणका काम गरेकाले यहाँका नागरिकले आफूलाई पुनः जिताउने दाबी गरेका छन् । जसपाका उम्मेदावर महाजन यादवले स्थानीय चुनावी नतिजाले यो चुनावमा असर नगर्ने दाबी गरेका छन् । आपूm लामोसमयदेखि जनतासँगै जिल्लामै रहेकाले जनताप्रति आफ्नो विश्वास रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार