कर्णालीमा बागीको विगविगी,सत्ता गठबन्धनका उम्मेदवार तनावमा
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार २०:१६:१८
९ कात्तिक, सुर्खेत । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारका कारण कार्णाली प्रदशमा सत्ता गठबन्धनभित्र समस्या उत्पन्न भएको छ । बागीले दवाव बढाउदै लगेपछि जसकारण नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकले अर्काको निगरानी बढाएका छन् ।
नेताहरुले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न र गठबन्धनभित्र रहेका दलका कार्यकर्ताको निगरानी गर्न सर्कुलर गरिएको छ । ठाउँठाउँमा बागी उम्मेदवार भएपछि दलहरूले निगरानी गर्न थालेका हुन् । कर्णाली प्रदेशमा १६ जना स्वतन्त्र उम्मेदवार छन् । कर्णालीका जुम्ला र कालिकोटमा माओवादी उम्मेदवारविरुद्ध पार्टीकै बागी उम्मेदवार उठेका छन् ।
माओवादी उम्मेदवारविरुद्ध कांग्रेसको समेत बागी रहेको छ । रुकुम पश्चिममा अर्थमन्त्री जनार्दश शर्माविरुद्ध कांग्रेसका तारक केसीले बागी हालेका छन् । कालिकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध काशीचन्द्र बरालले बगी उम्मेदवारी दिएका छन् ।
जुम्लामा गोमा कुँवरबिरुद्ध माओवादीकै कलबहादुर रोकायले उम्मेदवारी दिएका छन् । सुर्खेत २ (ख)मा माओवादी उम्मेदवार बिन्दमान बिष्टबिरुद्ध एकीकृत समाजवादीका मोहनसिंह बडुवालले बगी हालेका छन् । हुम्ला (क) मा माओवादी उम्मेदवार रणसिंह परियारबिरुद्ध हस्तबहादुर शाही र कांग्रेसका मंगल शाहीले बागी हालेका छन् । सुर्खेत १ (ख) मा कृष्ण जीसीबिरुद्ध कांग्रेसका देवबहादुर चन्द र जनमोर्चाका मोहन थापाले बागी दिएका छन् । मुगु (ख) मा माओवादी उम्मेदवार मंगल शाहीबिरुद्ध जगत धामीले बागी उम्मेदवारी दिएका छन् ।
कर्णालीमा एकीकृत समाजवादीका उम्मेदवारबिरुद्ध पनि बागी छन् । सल्यानमा प्रकाश ज्वालाकबिरुद्ध कांग्रेसका रवीन्द्रबहादुर शाहले बागी हालेका छन् । कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार रहेको जुम्ला (क) मा महाधिवेशन प्रतिनिधि देवेन्द्र शाही बागी छन् । उनी ०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट जुम्लामा प्रतिनिधिसभा उम्मेदवार थिए ।
बागीहरूले घेरिएपछि आधिकारिक उम्मेदवार पक्षमा जनमत सिर्जना गर्न सत्तागठबन्धनभित्र एकले अर्काकोे निगरानी थालेका हुन् । प्रदेशस्तरमा निर्वाचन परिचालन अनुगमन समितिसमेत गठन गरिएको छ । माओवादीका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको छ । समितिमा कांग्रेसका महामन्त्री कृष्ण रोकाय, निरञ्जन केसी, समाजवादीका ठगेन्द्रप्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजितबहादुर शाही, राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार