सामाजिक कथामा सर्ट फिल्म ‘धुकधुकी’ सार्वजनिक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक ९, २०७९ बुधबार २०:१६:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Dhukdhuki-3_bQHQu8ME4g.jpg)
९ कात्तिक, काठमाडौं । गीतकार तारा अधिकारीको लेखन र निर्देशन गरेको सट फिल्म ‘धुकधुकी’ सार्वजनिक भएको छ । फिल्ममा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा समेटिएको छ ।
रोगले ग्रस्त बाबुको परदेशिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टीका लगाउने बहिनीको चाहना, श्रीमानसँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबैजनाको सुःख हेर्ने आमाको चाहना पूरा नभएको दृश्य फिल्ममा छ ।
फिल्ममा सुवास गजुरेल, हिउँवाला गौतम, किशोर विश्वकर्मा, बसुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाको अभिनय छ । फिल्ममा बाबुराम निरौलाको सहायक निर्देशन, शिव ढकालको छायांकन, नहकुल खड्काको सम्पादन, र प्रदीप श्रेष्ठको पाश्र्व संगीत छ ।
निर्देशक तारा अधिकारीको अफिसियल युट्युब च्यानल सुनौलो तारा मोसन पिक्चर्समा अपलोड गरिएको यो फिल्म चन्द्र विनायक फिल्मसमा पोस्ट प्रोडक्सन गरिएको हो । गीत लेखन हुँदै म्युजिक भिडियो निर्देशनमा हात हालेकी अधिकारीको निर्देशन रहेको यो पहिलो लघु फिल्म हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार