लेनदेनको चाड बन्दै तिहार, अनावश्यक बस्तुको खरिदले दुवैतिर वेफाइदा
नेपालबहस संवाददाता
कात्तिक १०, २०७९ बिहिबार १३:३१:२९
१० कात्तिक, काठमाडौं । आम नेपालीको दोस्रो ठूलो चाड तिहारको आज महत्वपूर्ण दिन भाइटीका । आजको दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने दिन पनि हो । यो दिनलाई एकअर्काबीच खुसी साटासाट गर्दै सुखद र सौहार्द बनाउनुपर्नेमा दाजुभाइले दिदीबहिनीलाई र दिदीबहिनीले दाजुभाइलाई दिने उपहारमा होडबाजी चल्छ ।
उपहारको चलनले यस्तो महत्वपूर्ण चाड तिहार आपसी लेनदेनको गलत बाटोमा गइरहेको पत्तो नयाँ पुस्ताले पाएको छैन् । उपहारको रुपमा तिहारमा दिइने लत्ता कपडा, फलफुल र अन्य प्रकारका मसला वा मिठाइमा अनावश्यक खर्च भइरहेको हुन्छ । यस्ता उपहारहरु पुरापुर प्रयोगमा आएका हुँदैनन् । भाइटीकाको दिनमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइसकेपछि रोटी, मिठाइ, फलफुल, भाइ मसलालगायत उपहार दिने चलन छ ।
टीका लगाइदिएर दिइने भाइ मसला (काजु, किसमिस,बदाम, कटुस, पेस्ता, नरिवल, छोकडा , ल्वाङ, सुकुमेल, सुपारी, ओखर, दालचिनी,मखन) लगायतका ड्राई फ्रुट्स समावेश गराएर बनाइएका मसला खाँदा जति मिठा हुन्छन्, स्वास्थ्यका हिसाबले फाइदाजनक हुँदैनन् । यसको कम वा बढी मात्राले पनि स्वास्थ्यमा गडबडी आउँछ ।
आम दिदीबहिनी वा दाजुभाइले अब सोच्नुपर्ने समय आएको छ । टोकरीमा थिचिँदै मिचिँदै बेचिने फलफूल पनि स्वास्थ्यका लागि हानीकारक छन् । केरालाई पाउडर हालेर पकाइएको हुन्छ । स्याउ कोल्ड स्टोरबाट झिकेर बिक्री गरिन्छ ।
अनार महंगो हुन्छ, किन्नै सकिन्न । भोगटे, निबुवा, हलुवावेद जस्ता फलफूल किन्यो, कसैले खाँदैन । नखाएपछि त्यसै खेह्र जान्छ, खर्चमात्र भयो । अर्को धेरैमा फलफूल सेवन गर्न बानी हुँदैन । यसर्थ वर्षभरि खासै फलफूल नखाने दाजुभाइले तिहारमा दिदीबहिनीले ल्याएको डंगुर फलफूल खान नसकेर फाल्नुपर्छ । एक महिना अगाडि तयार गरेको मिठाइ, बासी तेलमा बनेका अनेकौं परिकार, दात भाँच्चिने साह्रो सेलरोटी, अखाद्य रंग मिलाएर बिक्री भैरहेका परिकार, मोटर गुडी रहेको बाटो छेउमा धुलोसहित बिक्री भैरहेका मिठाइ किनेर दाइ भाइलाई खुवाउँदा असन्चो भएर थप खर्च गर्नुपर्ने अवस्था आउँछ । कति पवित्र मनले आफ्ना दाइभाइको चिरजीवी, सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरी टीका लगाएर उपहारमा दिने मिठाई भने खाँदा नखाँदै बिरामी हुने गरी दाइभाइलाई गलत उपहार किन दिने ? नदिऊँ ।
तेस्रो कुरा, सबै आयात भएका मसलाका पोकाहरु कति महंगा ? काजु, किसमिस, नानाभाँतीका वस्तु किनेर दाइभाइलाई उपहार दिन्छौं । ती सबै वस्तु आफ्ना दाइभाइले वर्षभरि खाएका हुँदैनन् । यसर्थ छिटै खान पनि सक्तैनन् । नखाँदा नखाँदै किरा परेर फाल्नुपर्ने हुन्छ । तिहारमा दुईचार दिन कोट र पाइण्टका खल्तीबाट यस्ता वस्तु झिकेर साथीहरुलाई विवरण गरिएको पनि देखिन्छ । यस्ता उपहारले न छाक टर्छ, नत निकै धेरै तागत नै आउँछ । नत दिदीबहिनीले एक पाउ काजु खुवाएर दाइभाइमा काजु खाने बानी नै पर्छ ।
चाडपर्वको समयमा खानेकुराका विभिन्न परिकारले हाम्रो भान्सामा स्थान पाउने गर्दछन् । तिहारमा आफ्नै घरमा विभिन्न प्रकारका रोटी पकाउनुका साथै बजारमा पाईने रंगिचंगी मिठाईका परिकार हाम्रो भान्सामा भित्रने गर्दछन् । ती खानेकुराहरु भाइटीकाको दिनमा दिदिबहिनीले आफ्ना दाजुभाईलाई टीका लगाएर उपचार स्वरुप दिने चलन छ ।
तिहारको सयममा मिठाईको व्यापार अस्वभाविक रूपमा बढ्ने गर्छ । उपभोक्तालाई आकर्षित गर्न व्यवसायीले मिठाईमा विभिन्न रसायन मिश्रित रंगको प्रयोग गर्ने गर्दछन् । व्यापारीहरुले आफूले नाफा धेरै गर्न यस्तो समयमा अखाद्य रंगको प्रयोग गर्दा यस्ता रंगको प्रयोग गरिएका मिठाईले प्रत्यक्ष हाम्रो शरीरमा असर गर्ने गर्छन् । पोषणविदहरुको भनाइमा बजारमा पाइने अखाद्य रंग मिसाइएका मिठाइहरु खाँदा स्वास्थ्यमा असर पर्छ । चाडबाडको समयमा अखाद्य रंगको प्रयोग गरी बनाइएका खानेकुराले क्यान्सरदेखि मानसिक स्वास्थ्य समस्या निम्तने गर्दछ ।
बजारमा ’फुड कलर’हरु पाइने गर्दछन् । त्यस्तो रंगको प्रयोग गरेर बनाएका रोटी, मिठाई खाना योग्य हुन्छन् । तर बजारमा व्यापारी प्रयाजनले बनाएका मिठाई नाफा धेरै नहुने हुँदा अखाद्य रंगको प्रयोग गरेर बनाइएको पाइन्छ । लामो समयसम्म स्वास्थ्य रहन औषधि उपचारमा पैसा खर्च नहोस् भन्ने लाग्छ भने रंग प्रयोग भएका खानेकुरा नखाने । स्वास्थ्य सफा आफ्नै घरमा बनाएका खानेकुरा खानामा जोड दिने गर्नका लागि यस्ता बस्तुलाई उपहारको रुपमा प्रयोगमा नल्याउनु नै राम्रो हुन्छ ।
दिदीबहिनीले भाइको दीर्घायुको कामना गर्दै उपहारस्वरूप दिइने भाइ मसला स्वास्थ्यका लाग फाइदाजनक हुने भएपनि कति मात्र भन्ने थाहा नपाउँदा गाह्रो पर्छ । मिलाएर खाँदा मात्र निकै स्वादिष्ट हुने यस्ता मसलाहरूको प्रयोगले शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्छ । भाइ मसला थोरै मात्रा खाँदा शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व र मिनिरल प्रशस्त मात्रमा दिन्छ भने धेरै खाँदा उल्टो हानी गर्छ ।
नगद नै दक्षिणा दिँदा पनि खर्च भएर गैहाल्छ । कुनै वस्तु उपहारमा दिएमा सम्झना रही रहनसक्छ । तर, तपाइले दिएका बस्तु मन नपर्न सक्छन् । सारी, कुर्तासलवार वा अन्य कपडा उपहार दिँदा रंग र डिजाइन मन पर्छ कि पर्दैन ? कपडाको आवश्यक्ता छ कि छैन ? केही नबुझी वर्षेनी कपडा उपहार दिनु पनि ठीक छैन । उपहार दिनेभएसँगै त्यस्ता चिजले दैनिक जीवनमा पनि काम दिन सक्यो भने त्यसले मात्रै फाइदा पुग्छ । यसैले तिहारमा सात रङका टीका एकअर्कालाई लगाएर आशिर्वादा साटासाट गर्नु नै उपयुक्त हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि यःमरी उत्सव गरिने
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार