जसपाको दुःख, जसको सरकार ढाल्न तयार भए चुनावमा उसलाई सघाउने मतियार बने
नेपालबहस संवाददाता
कात्तिक १०, २०७९ शुक्रबार १:४८:५
१० कात्तिक, काठमाडौं । तत्कालिन केपी ओली सरकार ढाल्न कांग्रेस र माओवादीसँग मिलेर सरकार बनाएको जनता समाजवादी पार्टीले निर्वाचनको मुखमा एमालेसँगै सहकार्य गरेपछि मधेशको भोट बैकमा असर परेको छ । नागरिकता विधेयकको विरोधमा उभिएको नेकपा एमालेसँग गठबन्धन गरेपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका उम्मेदवारहरुलाई मधेसमा भोट माग्न सकस मात्रै परेको छैन मधेश भोट बैकमा असर परेको छ । ‘नागरिकता विधेयकमा एमालेले जसरी विरोध गरेको थियो, त्यसलाई वेवास्था गर्दै जसपाले एमालेसँग सहकार्य गर्यो जसका कारण भोट बैंकमा असर परेको हो’, जसपाकै एक नेताले भने । उनका अनुसार नागरिकता विधेयक मधेस केन्द्रित दुई दल जसपा र लोकतान्त्रिक समाजवादी पार्टीको पहिलो एजेण्डा थियो तर त्यसलाई जसपाले लत्यायो ।
२०६४ सालमा मधेश आन्दोलन हुँदादेखिनै नागरिकता विधेयक प्राथमिकतामा थियो । हरेक समय मधेस केन्द्रित दलहरूले नागरिकता विधेयकको मागलाई पहिलो एजेण्डा बनाउँदै आएका छन् । मधेस आन्दोलनका क्रममा दर्जनौंको निधन भएको छ भने सयौं घाइते भएका छन् । नागरिकता विधेयक तराई मधेससँग सोझै जोडिएकै कारण वर्तमान सरकारले संसदमा विधेयक मात्रै दर्ता गरेन निर्वाचनको सम्मुखमा पास गराएर राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाएको थियो । तर राष्ट्रपतिले त्यसलाई प्रमाणिकरण नगरी थन्क्याएपछि एमालेलाई मधेशमा अप्ठेरो परेको थियो । त्यही बेलो जसपाले पनि एमालेसँग सहकार्य गरेर आफूलाई नागरिकता विधेयक पक्षधरमा उम्याउन सकेन । नागरिकताकै कारण मधेस गई कसैले नागरिकता विधेयकको विरोध गर्न सक्दैनन् । तर नागरिकता विधेयक पास हुन नदिएको एमालेसँग जसपाले घाँटी जोडेपछि मधेशमै जनता विभाजित भएका छन् । यसबाट जसपाका उम्मेदवारहरुलाई भोट माग्न गाह्रो परेको छ । नागरिकता विधेयक पास नभएको कारण तराई मधेसका ६ लाख नागरिकले नागरिकता पाउनबाट बञ्चित भएको मधेस केन्द्रित दलका नेताहरूले बारम्बार भन्दै आएपनि एमालेले रोकेपछि कांग्रेस लगायतका दलहरुले यसलाई चुनावी मुद्धा बनाउने संभावना पनि उत्तिकै छ ।
नागरिकताको मुद्धालाई मधेसमा उम्मेदवारी दिएका कांग्रेस र गठबन्धनका नेताहरूले आफ्नो पहिलो एजेण्डा बनाउने निश्चित छ । तर एमालेसँगको तालमेलले जसपाका उम्मेदवारहरुलाई यो मुद्दा उठाउन नैतिक रूपमा समस्या परेको छ । एमाले नागरिकता विधेयकको विपक्षमा उभिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समेत एमालेसँग सहकार्य गर्न तयार नभएको तर जसाप टासिन पुगेको आरोप लगाइएको छ ।
जबकि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अन्तिम समयमा लोसपाले ओलीलाई साथ दिएको थियो । त्यो सम्बन्ध लोसपाका नेताहरुले पछिसम्म कायमै राखेका थिए । तर एमालेसँग चुनावी गठबन्धन गर्न लोसपा हिच्किचायो । अन्तिम समयमसम्म पनि लोसपाले एमालेसँग सहकार्य गर्न चाहेन । बरु एक्लै चुनाव लड्न तयार भयो, एमालेसँग सहकार्य गर्न लोसपाका नेताहरु तयार भएनन् । एमाले अध्यक्ष ओलीले शुरुदेखि नै मधेस विरोधी छवि बनाएका कारण पनि एमाले जसरी पनि मधेशवादी दलकै साथ लिएर आफ्नो छविलाई मेटान चाहन्छन् । मधेस आन्दोलनको क्रममा मधेस र मधेसी जनतालाई अपमान हुने गरी थुप्रै अभिव्यक्ति दिएका थिए । चाहे नाकाबन्दीका बेला होस्, चाहे मधेसमा गरिएको साङ्ले आन्दोलनको बेला होस्, ओलीले मधेसीको अपमान गरेका थिए ।
त्यसैले ओलीलाई मधेस पस्न कठिनाइ परेका बेला जसपाले सहकार्य गरेर एमालेलाई सहज बनायो तर मधेशी जनतालाई थप अपमान गर्यो भन्ने आरोप लागेको छ । जसपासँगको सहकार्यले ओलीलाई मधेस जाने बहाना बनेको छ । एमालेले ५२ सिटमा जसपासँग सहकार्य गरेको छ । जसपामा एमालेले ३५ तथा जसपाले १७ सिटमा उम्मेदवारी दिने सहमति गरेका छन् । केही ठाउँमा सहमति विपरीत एमालेले उम्मेदवार बनाएको छ । एमालेले जसपासँग गरेको तालमेल अधिकांश तराई मधेसमै छन् । गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा मधेस प्रदेशका ३२ सिटमध्ये सप्तरी र बाराका ६ सिटमा मात्र एमाले–जसपाको भोट अगाडि छ ।
अन्य सिटमा गठबन्धनकै भोट अगाडि छ । त्यसमा पनि एमाले र जसपाको गठबन्धनले जसपा बलियो भएको ठाउँमा समेत जसपाको भोट भड्किएको छ । यसले आगामी संसदीय तथा प्रदेश सभाको निर्वाचनमा जसपालाई उल्टै घाटा हुने निश्चित भएपनि मधेशमा जसपाले एमालेसँगै मिलेर प्रदेश सरकार बनाउने कोसिस पनि गरेको देखिन्छ । ‘लोसपा बाहिरिएपछि जसपाले गतिलो पार्टनर खोजेको देखिन्छ’, मधेशका एक नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार