सोलुखुम्बुको म विकास बहादुर हुँ, मेरो विजयी निर्विरोध जस्तै छ: बलबहादुर केसी
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १७:५६:२७
११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले आगामी मंसिर ४ को निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेस नेता केसी आफुलाई यसपटकको निर्वाचनमा पनि विपक्षी उम्मेदवारले हराउन नसक्ने दाबी गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका उनले आफूले विगतदेखि यस जिल्लाको स्थानीयदेखि संघीय सरकारसम्म पहल गरेर आर्थिक विवकासका लागि काम गरेकाले यसअघिका आफ्नो कार्यलाई हेरेर जनताले आफूलाई निर्वाचित गराउने उनको दाबी छ । उनले यसपटक निर्वाचन जितेर जिल्लामा जारी रहेका विकासका योजनालाई पूर्णता दिने र नयाँ आवस्यक विकास योजनाको सुरुवात गर्ने बताएका छन् ।
सोलुमा पत्रकाहरुसँग कुरागर्दै उनले जिल्लामा आफूलाई ‘विकास बहादुर’का नाम जनताले चिन्ने गरेको बताए । केसीले सोलुको विकासका लागि काम गर्दै आएकाले यसलाई निरन्तरता दिन पनि आफू निर्वाचित हुनुपर्ने दावी गर्दै यसबारे सोलुवासी जानकार रहेका बताए ।
सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका केसीले एमालेका मानवीर राईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । तर, केसी आफू निर्वाचित हुनेमा विश्वास व्यक्त गर्छन् । एमालेबाट राई उम्मेदवार भए पनि आफू निर्विरोधजस्तै रहेको केसीले दावी छ । हालसम्म सोलुखुम्बुमा एमालेले नजितेको इतिहास रहेको बताउँदै उनले यसपटक पनि गठबन्धनकै उम्मेदवार आफू निर्वाचित हुने उनको भनाइ छ ।
२०४८ सालपछि निरन्तर सोलुखुम्बुबाट उम्मेदवार बन्दै आएका केसीलाई यसपटक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित गठबन्धन दलको समर्थन रहेको छ । उनी २०४८, २०५१, २०५६ र २०७० मा भएका निर्वाचनमा विजयी भएका थिए । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका उनी यसपटक पनि निर्वाचित हुनेमा निश्चिन्त देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार