सडक संचालन अवस्थामा राख्न स्थानीय तहसँग प्रशासनको आग्रह
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १८:३५:३२
११ कात्तिक, खोटाङ । आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले सडक मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न स्थानीय सरकारलाई आग्रह गरेको छ ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समयमा कर्मचारी आवतजावत गर्न, मतदानका सामग्री, मतपेटिका ढुवानी गर्न तथा सुरक्षा संवेदनशीलताको दृष्टिले यातायात प्रणाली सहज बनाउन नगरपालिका र गाउँपालिकालाई आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले पत्राचार गर्दै निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्न आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहज रुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्न आह्वान गरेका छन् ।
‘निर्वाचनलाई सरल, सहज, मर्यादित र सुरक्षित रुपले सम्पन्न गर्न सबैको कर्तव्य तथा दायित्व हुन जान्छ । आसन्न निर्वाचनलाई सरल, सहज र सुरक्षित रुपमा सम्पन्न गर्न जिल्लाभित्रको यातायात व्यवस्था प्रणालीलाई सहज रुपमा सञ्चालन गर्नुपर्ने हुन्छ,’ प्रशासनले पत्रमा भनिएकाे छ, ‘सदरमुकामबाट हरेक पालिकाको केन्द्र र मतदान केन्द्रसम्म यातायातको सहज पहुँच पुर्याउन प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडक निर्वाचनको बेला सहजरुपमा सञ्चालन हुनेगरी मर्मत सम्भार गर्नुपर्ने भए सो गरी तयारी अवस्थामा राख्ने व्यवस्था गर्न अनुरोध छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार