लुम्बिनी विकास बैंकको नाफा झण्डै ६६ प्रतिशतले ह्रास
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार १८:५६:४
११ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशत ले घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्षको यही अवधिमा बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा सञ्चालन नाफा घटेकाले र इम्पेरिमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा पनि ७०.२१ प्रतिशत ले घटेर ८ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।
गत वर्ष सो नाफा २९ करोड २७ लाख रुपैयाँ रहेको थियो । बैंकले यस वर्ष इम्पेरिमेन्ट चार्जबापत २४ करोड २६ लाख रुपैयाँ छुट्याएको छ । बैंकको निष्कर्य कर्जा अनुपात १.८९ प्रतिशत बाट बढेर ३.२० प्रतिशत पुगेको छ ।
यता, खुद ब्याज आम्दानी भने ३६।६६ प्रतिशत ले बढेर ४५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ४० करोड २१ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ जम्मा भएको छ ।
गत वर्षको चौथो त्रैमासमा कम्पनीको जगेडा कोषमा १ अर्ब ९६ करोड ९९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको चुक्ता पुँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार रुपैयाँ छ ।
असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६९ पैसाले घटेर ८ रुपैयाँ ६५ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ३४ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २ पैसा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार