भँगाहाकाे पररिया घटनामा ८ बुँदे सहमति, छानबिन गर्न उच्चस्तरीय टोली गठन गरिने
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २०:२८:१८
११ कात्तिक, जनकपुरधाम । महोत्तरीको भँगाहा नगरपालिका-८ पररियामा बिहीबार भएको झडपका विषयमा स्थानीय दुई समुदायबीच ८ बुँदे सहमति भएको छ ।
पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा हिन्दु र मुस्लिम समुदायका पक्षबीच झडप भएपछि उग्र रुप लिएको थियो । झडपमा १५ जना भन्दा धेरै घाइते भएका थिए । घटनालाई मत्थर तुल्याउन भन्दै स्थानीय प्रशासनले बिहीबार ४ बजेदेखि अनश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ८ बुँदे सहमति भएको हो । जसमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा संवद्ध दुवै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने र धनजनको क्षति विवरण संकलन गर्ने सहमति भएको छ ।
यस्तै, धनजनको क्षतिको विवरणलाई क्षतिपूर्तिको लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन र छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाई कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न सद्भाव र्याली निकाल्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राजनीतिक दल, सरोकारवाल पक्षहरुले सहयोग गर्ने लगायत विषयमा सहमति भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
आन्ध्र प्रदेश स्थित एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
कंगनाले दिइन प्रियंका गान्धीलाई ‘इमर्जेन्सी’ हेर्ने निम्तो
पुष २५, २०८१ बिहिबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार