अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो मजबुत
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २१:२१:६
११ कात्तिक, काठमाडौं । लगातार उकालो लाग्दै आएको अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरोपेली देशको साझा मुद्रा युरो भने केही मजबुत देखिएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिद मूल्य एक सय ३१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बिक्री मूल्य एक सय ३२ रुपेयाँ २९ पैसा रहेको छ ।
युरोको भने खरिद मूल्य एक सय ३२ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्री मूल्य एक सय ३२ रुपैयाँ ७८ रहेको छ । यस आधारमा अमेरिकी डलरभन्दा झिनोरुपमा युरो अगाडि रहेको छ । बिहीबार पनि अमेरिकी डलरको तुलनामा युरो नै मजबुत देखिएको थियो ।
पछिल्ला दिनमा लगातार अमेरिकी डलरको मूल्यमा देखिएको वृद्धिले घरेलु अर्थतन्त्रमा दबाव परेको थियो । आयातमा केन्द्रित रहेको अर्थतन्त्रमा डलरको मूल्य बढ्दा नकारात्मक प्रभाव देखिएको छ । विप्रेषणलगायत केही क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भए पनि अधिकांश माल वस्तु आयात हुने देशमा त्यसले नकारात्मक असर पर्ने अर्थतन्त्रका जानकारको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छआजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ५, २०८१ शुक्रबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
नेपाल र बङ्गलादेशबीचको खेलमा वर्षा बाधक
पुष ५, २०८१ शुक्रबार
अष्ट्रेलिया भ्रमणपछि विराट-रोहितको युगको अन्त्य !
पुष ५, २०८१ शुक्रबार
एमसीएमा हुने बक्सिङ डे टेस्टमा अष्ट्रेलियाको टोलीमा ठूलो परिवर्तन
पुष ५, २०८१ शुक्रबार
पर्यटकीय गाउँ सिक्लेस र मनोरम दृश्य
पुष ५, २०८१ शुक्रबार
केही प्रसारण लाइन मर्मत गर्न विद्युत कटौती गर्नुपरेको हो, लोडसेडिङ गरेको होइनः घिसिङ
पुष ५, २०८१ शुक्रबार