धार्मिक सद्भावका लागि र्याली निकाल्दै राजनीतिक दलहरू
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २१:४०:४२
११ कात्तिक, महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकाको पररियामा भएको दुई समूदायबीच भएको झडप घटनालाई लिाएर सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने तयारीमा जुटेका छन् ।
बिहीबार मुस्लिम र हिन्दु समुदायबीच धार्मिक हिंसा भड्किएपछि शुक्रबार राजनीतिक दलहरुले सामाजिक सद्भाव र्याली निकाल्ने तयारी गरेका हुन् ।
सर्वदलीय बैठकले शुक्रबार नै नगरपालिका क्षेत्रमा सामाजिक सद्भाव र्याली निकाल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिएका छन् ।
हिन्दु र मुस्लिम समुदायको बाहुल्यता रहेको भंगाहामा झण्डाको विषयलाई लिएर बिहीबार दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेशसमेत जारी गरेको छ ।
नगरपालिकाको पररिया चोकमा मुस्लिमहरुले राखेको झण्डा भएको ठाउँमा हिन्दुहरूले पनि राख्ने तयारी गरेपछि दुई समूहबीचको झडपले उग्ररुप लिएको थियो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो भने त्यतिकै संख्यामा हवाइ फायर गरेको थियो । झडपमा दर्जनौ संख्यामा स्थानीय र प्रहरी घाइते समेत भए । थप हिंसा भड्कन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालिन कर्फ्यूलाई जारी राखेको छ ।
‘अहिले स्थिति नियन्त्रणमा आइसकेको छ । आपसी मनमुटावमा समझदारी भएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने, ‘दलहरूले धार्मिक हिंसा नभड्कियोस भनेर संयमता अपनाएका छन् । हामीले पनि यसलाई गम्भीररुपमा लिएर सोहीअनुसार काम गरिरहेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार