कान्तिपुर यातायातको बस रसुवामा दुर्घटना, १५ जना घाइते
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २२:३२:२६
११ कात्तिक, काठमाडौं । रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ जाँदै गरेको बस कालिकास्थान नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ४ जना घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशुलीमा उपचार हुन नसकेपछि काठमाडौंस्थित ट्रमा सेन्टरमा थप उपचारका लागि ल्याइएको छ ।
काठमाडौंमा संचालित कान्तिपुर यातायातको बा३ख ६०३५ नम्बरको बस शुक्रबार बिहान रसुवाको जिवजिवेबाट काठमाडौं जाने क्रममा कालिका गाउँपालिका २ कालिकास्थानमुनिको घुम्तीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसभित्र रहेका अन्य घाइतेहरूलाई स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ । फरार बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा बढी सवार थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार