राजेन्द्र लिङ्देनलाई जिताउनु एमालेको इज्जत : ओली
नेपालबहस संवाददाता
कात्तिक ११, २०७९ शुक्रबार २२:४८:५४
११ कात्तिक, झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई मंसिर ४ को चुनावमा जिताउनु एमालेका लागि इज्जतको विषय भएको बताएका छन् ।
शुक्रबार झापामा आयोजित एक कार्यक्रममा लिङदेनलाई भोट माग्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । झापा ३ मा एमालेले आफ्नो उम्मेदवार नउठाएर राप्रपामा अध्यक्ष लिङदेनलाई समर्थन गरेको छ ।
अध्यक्ष ओलीले एमालेको इज्जतका लागि भए पनि झापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने धारणा राखे । सत्ता गठबन्धनका उम्मेदवारप्रति आक्रोश पोख्दै एमालेसहितका गठबन्धनबाहेकका उम्मेदवार देशद्रोही भएको र त्यसलाई रोक्न लिङदेनलाई हलोमा भोट हालेर जिताउनुको विकल्प नरहेको बताए ।
उनले विशेषगरी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताउँदै आफ्ना नेता कार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउने काममा लाग्न र मतदान गर्न निर्देशन दिए । उनले राप्रपा राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे ।
यसअघि लिङदेनले झापामा आयोजित पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँद्रै झापामा एमालेको भागमा परेका निर्वाचन क्षेत्रहरुमा निर्धक्कसँग एमालेका एममेदवारहरुलाई मतदान नगरे त्यस्ता कार्यकर्तालाई पार्टीबाट हटाउने चेतावनी दिएका थिए । राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार