काठमाडौंको क्षेत्र नं–१० मा प्रचण्डले अञ्जनालाई च्याप्दा क्षेत्र नं–२ मा ओनसरीलाई समस्या
नेपालबहस संवाददाता
कात्तिक १२, २०७९ शनिबार १३:१३:४
१२ कात्तिक, काठमाडौं । केपी ओली विरुद्ध मोर्चाबन्दी गरिरहेका पाँच दलीय सत्ता गठबन्धन दलहरुबीच नै प्रतिस्पर्धा हुँदा निर्वाचनमा असर पर्ने देखिएको छ । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका क्रममा केही क्षेत्रमा मित्रवत प्रतिस्पर्धा हुने भएपछि गठबन्धनको सिटमै असर पर्ने भएको हो । खासगरी दुई वर्षसम्म गठबन्धनमा रहेको जनता समाजवादीले छाडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेपछि सबैतिर सिट बाँडफाँडमा अन्यौल उत्पन्न भएको थियो ।
जसले गर्दा केही स्थानमा प्रचण्डकै आग्रहमा माओवादीले बागी उम्मेदवारी दिएको थियो । काठमाडौं क्षेत्र १० मा माओवादी केन्द्रकी अन्जना विसंखेले छाड्न मानिन् । उनी कांग्रेसका राजन केसी विरुद्ध उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रेकी छिन् । जसपाले छाडेपछि भित्रिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि अटाएर लैजाने क्रममा केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनबीच नै प्रतिस्पर्धाको अवस्था आएपछि काठमाडौ क्षेत्र १० मा विसंखेले प्रचण्डकै सल्लाहमा उम्मेदवारी दिएकी थिइन । विसंखेकै कारण सत्ता गठबन्धनका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र भागबण्डा भए ११ स्थमानमा प्रतिस्पर्धा हुने भएको छ ।
विसंखेकै कारण प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ९ स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । सत्तारुढ दलका शीर्ष नेताहरुले शुक्रबार सार्वजनिक गरेको सूचीमा पनि उक्त कुरा उल्लेख गरेका छन् । गठबन्धनले काठमाडौं क्षेत्र नम्बर १० पनि प्रतिस्पर्धाको समझदारी गरेका छन । नेपाली कांग्रेसका राजन केसीसँग माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अञ्जना विसंखेले यो ठाउँमा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यहाँ एमालेका हिमेश केसीले पहिलो पटक प्रतिस्पर्धा गर्दैछन् । एमालेको राम्रो संगठन भएको सो क्षेत्रमा हिमेशले यसपटक यी दुईको प्रतिस्पर्धामा बाजी मार्नसक्ने संभावना पनि बढेको छ ।
माओवादीले दाबी गरेको यो ठाउँमा यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हराएका राजन केसीलाई पछि हटाउन कांग्रेस नमानेपछि विसंखेलाई प्रचण्डले बागी उठाएका थिए । अञ्जनाले माओवादी अध्यक्ष प्रचण्डकै सहमतिमा यो क्षेत्रमा उम्मेदवारी दर्ता गराको बताउदै आएकी छिन् । प्रचण्डले दिएको टिकट लिएरै मनोनयन गरेकी उनको उम्मेदवारी कायम भएपछि यहाँ पनि सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यसैगरी जसपाले सत्ता गठबन्धन छाडेपछि भित्रिएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सर्लाही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेपाल समाजवादी पार्टीका एकजना अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय लिएपछि महतोलाई समस्या भएको छ । जसपाको स्थानमा लोसपा बालुटार छिरे पनि धनुषाबाट सर्लाही फर्किएका महतोले सत्ता गठबन्धनसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको हो ।
शुक्रबार सार्वजनिक सत्तारुढ दलका साझा उम्मेदवारहरुको सूचीअनुसार कञ्चनपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका बहादुर सिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख छ । त्यसैगरी कञ्चनपुर–३ ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश रावल र नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टबीच मित्रवत् प्रतिष्पर्धा हुने भएको छ । यता काठमाडौं–३ ‘ख’ मा कांग्रेसका विमल ठकुरी र माओवादीका महेश्वर फुँयाल, काठमाडौं–५ ‘ख’ माकांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच मित्रवत् प्रतिष्पर्धा गराउने शीर्ष नेताहरुबीच सहमति बनेको छ ।
यस्तै काठमाडौं–६ ‘ख’ मा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले माओवादीका प्रकाश फुँयाल र काठमाडौं–१० ‘क’ मा कांग्रेसका पुकार महर्जनले माओवादीका दिलिप महर्जनसँग मित्रवत् प्रतिष्पर्धा गर्नुपर्ने भएको छ । साझा उम्मेदवारहरुको सूची अनुसार पर्सा–३ ‘ख’ मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी, बारा–१ ‘ख’ मा कांग्रेसका नागेन्द्रप्रसाद कानु र एकीकृत समाजवादीका बतहु यादव तथा सर्लाही–१ ‘क’ माओवादीका रामचन्द्र सिंह कुसवाहा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उपेन्द्र महतोबीच मित्रवत् प्रतिष्पर्धा हुँदैछ । ‘खासगरी प्रचण्डै कारण कांग्रेसले पनि केही स्थानमा बागी उम्मेदवारी दिनु परेको हो’, कांग्रेसका एक नेताले भने । उनका अनुसार प्रचण्डले काठमाडौको क्षेत्र १० नछाडेपछि अन्य क्षेत्रमा माओवादीलाई अप्ठेरो हुने निश्चित जस्तै छ । काठमाडौको क्षेत्र –२ र क्षेत्र –९ मा माओवादीका उम्मेदवार भएपनि प्रचण्डले १० लाई प्राथमिकतामा राखेपछि काठमाडौको क्षेत्र नं –२मा प्रतिस्प्र्धा गरिरहेकी ओनसरी घर्तीलाई समस्या परेको कांग्रेसका नेताहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार