कांग्रेसको चुनावी घोषणापत्र आज आउँदै, पार्टी सभापति देउवाले सार्वजनिक गर्ने
नेपालबहस संवाददाता
कात्तिक १२, २०७९ शनिबार १४:२२:४१
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी रणनीति, राजनीतक अस्थिरताको निकास र आर्थिक विकासमा कांग्रेस नेतृत्वको सरकारले खेल्ने भूमिकालाई समेटेर तयार पारेको घोषणापत्र शनिबार (आज) सार्वजनिक गर्ने भएको छ । घोषणपत्र सभापति देउवाले पार्टी मुख्यालय सानेपामा विहान १० बजे सार्वजनिक गर्ने कनर्यक्रम राखिएको छ ।
आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्ना आगामी नीति र कार्यक्रम मतदातामाझ पुर्याउन कांग्रेसले निर्वाचन लक्षीत घोषणा पत्र सार्वजनिक गर्ने भएको हो ।
दलहरुले अहिले घोषणापत्र विना नै मत मागिरहेका छन् । ठूला राजनीतिक दल कसैले पनि घोषणापत्र ल्याएका छ्रैनन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचनका धेरै जसो विषयहरु घोषणपत्रमा समावेश गरिएको छ ।
‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए । उनले लोकतान्त्रिक प्रणालीभित्र समुन्नत नेपालको विषय, फराकिलो आर्थिक अवस्था, नेपालको समन्यायिकक समाज र सांस्कृतिक विकासको एजेन्डा घोषणापत्रमा समेटिएको बताए । यस्तै जलवायु परिवर्तन, वन तथा विपत्को विषय, सार्वभौमिक समानतालगायत परराष्ट्रसम्बन्धी विषयहरु पनि समेटिएका छन् ।
घोषणपत्र तयारी समितिले घोषणापत्रमा नयाँ स्वभावका क्षेत्र र प्रविधिक विकासका कुरा पनि समावेश गरेको छ । घोषणापत्रमा केही अनुसुचि रहेका र त्यसमा पहिलो राजनीतिक विषय, दोस्रो विकास एजेन्डा र तेस्रोमा क्षेत्रगत विकासका राखिएको बताइएको छ । सुशासन, युवा, रोजगारी र अन्य एजेन्डा बलियो रुपमा उठाइएको छ ।
तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै सार्वजनिक गरिएको थिएन । घोषणापत्रको पार्टी सभापति देउवालाई ब्रिफिङ भइसकेको छ । पार्टी केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आजका लागि प्रधानमन्त्रीको समय तय भएको बताएका छन् । शनिबार बिहान १० बजे सार्वजनिक गर्ने गरी गृहकार्य भइरहेको घोषणापत्र लेखन समितिका एक सदस्यले नेपाबहसलाई जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार