सत्ता गठबन्धनभित्र १३ निर्वाचन क्षेत्रमा भएन सहमति, संघका ३ र प्रदेशका ११ क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने
नेपालबहस संवाददाता
कात्तिक १२, २०७९ शनिबार १५:०:२७
१२ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले एक निर्वाचन क्षेत्रमा गठबन्धनभित्रकै दुई उम्मेदवारलाई मिलाउन नसकेपछि ती क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । यो सहमति अनुसार प्रतिनिधिसभाका तीन क्षेत्र र प्रदेशसभाका ११ निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
गठबन्धनमा रहेका दलहरुले प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्र भागबन्डा गरे पनि दुवै पक्षको उम्मेदवारी परेपछि तीन क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा गराउने भएका छन् ।
गठबन्धनका शीर्ष नेताहरूले केन्द्रबाट भएको भागबन्डाअनुसार अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिए पनि दुबै पक्षका उम्मेदवारले फिर्ता नलिएपछि ती क्षेत्रमा प्रतिस्पर्धा हुन लागेको हो ।
गठबन्धनका शीर्ष नेताहरूले शुक्रबार विज्ञप्तिमार्फत साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् । विज्ञप्ती अनुसार काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी र माओवादीकी अञ्जना विशंखेबीच प्रतिस्पर्धा हुनेछ ।
शीर्ष नेताबीच गठबन्धनमा भागबन्डा हुँदा यो क्षेत्र कांग्रेसको भागमा परेको थियो । ०७४ को निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले नै जितेको थियो ।
धनुषा–२ मा कांग्रेसका रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार छन् । ०७४ को निर्वाचनमा यो क्षेत्र तत्कालीन संघीय समाजवादीले जितेको थियो ।
सर्लाही–२ मा लोसपाका राजेन्द्र महतो र माओवादीका महिन्द्रराय यादवबीच प्रतिस्पर्धा हुने भएको हो । यादवलाई सत्ता गठबन्धनको समर्थन छ । ०७४ को निर्वाचनमा यो क्षेत्रमा यादवले नै जितेका थिए ।
यस्तै, प्रदेशसभाका ३ सय ३० मध्ये ११ क्षेत्रमा गठबन्धन दलहरूबीच प्रतिस्पर्धा हुने भएको छ । काठमाडौं–३ (२) मा कांग्रेस र माओवादी, काठमाडौं ५ (२) मा कांग्रेस र एकीकृत समाजवादी, काठमाडौं–६ (२) र काठमाडौंं–१० (१) मा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुने गठबन्धनको विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक सर्लाही–१ (१) मा माओवादी र लोसपा, बारा–१ (२) मा कांग्रेस र एकीकृत समाजवादी, पर्सा–३ (२) मा कांग्रेस र एकीकृत समाजवादी, बाँके–२ (१) मा कांग्रेस र एकीकृत समाजवादी, बाँके–२ (२) मा कांग्रेस र माओवादी, कञ्चनपुर–२ (२) मा कांग्रेस र एकीकृत समाजवादी, कञ्चनपुर–३ (१) मा माओवादी र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै, प्रदेशसभाका अन्य आठ क्षेत्रमा सहमतिका लागि छलफल जारी रहेको विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभातर्फ सिरहा–३ (२), महोत्तरी–२ (१), स्याङ्जा–२ (१), कपिलवस्तु–१ (१), हुम्ला (१), सुर्खेत–२ (१) र (२), बाजुरा (१) मा सहमति जुटाउने प्रयास छ । ‘केही स्थानमा देखिएका विवादलाई छलफलद्वारा निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।
रूपन्देही–२ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गरेको छ ।
गठबन्धन दलबीच अझै मत ‘ट्रान्सफर’ को चिन्ता भएकाले केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन उम्मेदवारलाई जिताउन गृहकार्य जारी राखेका छन् । यसका लागि गठबन्धन संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने तयारी पनि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार