आवश्यक ८ करोड मतपत्रमध्ये ४ करोड छापियो, बाँकी ४ करोडमा २ करोड छापिँदै
नेपालबहस संवाददाता
कात्तिक १२, २०७९ शनिबार १५:३९:२
१२ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ भइरहेको जनाएको छ । आगामी मंसिर ४ को निर्वाचनमा संघ र प्रदेशका लागि ८ करोड मतपत्र आवश्यक पर्ने आयोगको भनाइ छ ।
आवश्यक ८ करोड मतपत्रमा ४ करोडको छपाई सकेर बाँकी ४ करोडमध्ये २ करोड मतपत्र छपाइ भइरहेको छ । २० गतेभित्र प्रत्यक्षको मतपत्रको छपाइको काम सकिने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको मतपत्र पनि सोमबारदेखि ढुवानी सुरु गरी कर्णाली र सुदूरपश्चिममा पहिलो चरणमा पठाउने आयोगको तयारी छ ।
आयोगका अनुसार यसपालि मतदाताले चार प्रकारको मतपत्रमा छाप लगाउनुपर्ने हुन्छ । प्रदेश र प्रतिनिधिसभातर्फको प्रत्यक्षमा एक÷एक मत र दुवै सभाको समानुपातिकमा एक÷एक मत दिनुपर्ने हुन्छ । चार प्रकारको मतपत्र ८ करोड छापिने अयोगको भनाइ छ ।
आयोगका अनुसार दुवै सभाको समानुपातिकतर्फको ४ करोड मतपत्र छापेर ८ जिल्लाबाहेक अन्यत्र ढुवानी भइसकेको छ । सवारी अवरुद्ध भएको जिल्लामा मात्रै समानुपातिकको मतपत्र ढुवानी हुन बाँकी छ । यी जिल्लामा प्रत्यक्ष र समानुपातिक दुबै मतपत्र सँगै पठाउने तयारीमा आयोग रहेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रमा शुक्रबारदेखि निर्वाचन सामग्री पठाउन थालेको हो । आयोगले निर्वाचन क्षेत्रमा पठाएका सामग्री जिल्ला निर्वाचन कार्यालयले निर्वाचन अधिकृतलाई पठाउनेछ । निर्वाचन अधिकृतले मतदान अधिकृतलाई सामान दिएर मतदानस्थलमा पठाउनेछ ।
प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मतपत्रलाई कात्तिक २७ सम्ममा पुर्याइसक्ने र मंसिर १ सम्ममा मतदान अधिकृतलाई सामग्री हस्तान्तरण गरी सम्बन्धित क्षेत्रमा पुर्याउने लक्ष्य आयोगले राखेको छ । आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायत ५८ प्रकारका सामग्री पठाउन थालेको हो ।
जिल्ला निर्वाचन कार्यालयले १५ प्रकारका सामान जिल्ला तहमै खरिद गर्नुपर्ने हुन्छ । आयोगले शुक्रबार मात्रै २१ कन्टेनर सामान जिल्ला पठाइएको छ । हरेक सवारीको ‘भेइकल ट्रयाक स्टिम’ बाट निगरानी गरेर कर्मचारीसमेत खटाइएको आयोगले जनाएको छ । आयोगबाट सामान लिएर गएका सवारीको सुरक्षा प्रत्येक जिल्लाका सुरक्षाकर्मीले गर्नुपर्नेछ ।
आयोगका अनुसार मतपेटिकामा टाँसिने स्टिकर, रबर म्याट र केही मतपेटिका अझै आउन बाँकी छ । आयोगले खरिद गरेको सामान आयोग परिसरमै रुजु गरेर हरेक जिल्लामा पठाएको हो । सामान प्याकिङ र रुजु गर्न निजामती कर्मचारीबाहेक सेनालाई पनि आयोग परिसरमा परिचालन गरिएको छ ।
निर्वाचनमा मतदाता शिक्षा प्रदान गर्न सामाजिक सञ्जाल, आमसञ्चारमाध्यमबाहेक हरेक निर्वाचन क्षेत्रमा पोस्टर, पम्प्लेट छपाइ गरेर पठाइसकेको आयोगले जनाएको छ । आयोगले विगतमा मतदाता शिक्षाका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको थियो ।
६ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा पनि यो कार्यक्रमलाई प्राथमिकता दिएको थिएन । घरदैलो कार्यक्रममा ४० करोडभन्दा बढी खर्च गरेर घरदैलोमा पठाएको कर्मचारीले दलको प्रचार गरेकाले यसलाई प्राथमिकता नदिएको आयोगको भनाइ छ ।
पत्रिका, रेडियो र टीभीमार्फत पनि मतदाता शिक्षाको सामग्री प्रकाशन तथा प्रसारण भइरहेको आयोगले जनाएको छ । अहिले प्रतेक जिल्लामा सीडीओको संयोजकत्वमा मतदाता शिक्षा समिति, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा र वडामा सचिवको संयोजकत्वमा मतदाता शिक्षा समितिको संयन्त्र बनाएर काम भइरहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौं–टीकापुर–काठमाडौं हवाई उडान यही मंसिर ३० गतेदेखि
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार
विश्व बैंकले नेपाललाई दिने भो साढे १३ अर्ब ऋण
मंसिर २८, २०८१ शुक्रबार