कालिकाेटमा शक्तिशाली बम विष्फोट हुँदा २ बालिकाको मृत्यु, एक बालकसहित ३ गम्भीर घाइते
नेपालबहस संवाददाता
कात्तिक १२, २०७९ शनिबार १८:१७:३
१२ कात्तिक, काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा बम विष्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य एक बालकसहित ३ जना गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान करिब ९ बजेको समयमा भएको बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना राना र ४ वर्षीय सरस्वती रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।विष्फोटमा परी सोही ठाउँका ५ वर्षीय मुस्कान थापा, ७ वर्षीय कमल थापा, ३ वर्षीय सपना थापा घाइते भएका छन् ।
घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । घाइतेमध्ये बालिकाको अवस्था गम्भीर नै छ। बम कसले र किन राखेको हो ? भन्नेबारे अहिलेसम्म खुलेको छैन ।
बालबालिकाहरु खेल्ने क्रममा शनिबार बिहान करिब ९ बजेतिर भएको र विष्फोटमा परी बालिका भरmनाको घटनास्थलमै र सरस्वतीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको नगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलागाँईले नेपाल बहसलाई बताए । घटनाको कारणबारे केही खुलिनसकेको उनले बताए ।
यसैबीच गृृहमन्त्री बालकृष्ण खाणले विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसमा कुनै कसर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक ( हेर्नुस् सूचीसहित )
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार