ओटीटीमा अड्किए नवाजुद्दिनका ७ फिल्म

नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार १७:३०:१५

१३ कात्तिक, मुम्बई । अभिनेता नवाजुद्दिन सिद्दिकीले बलिउडमा आफ्नो मिहेनतले पहिचान बनाए । उनी हरेक फिल्ममा शतप्रतिशत काम दिन्छन् । जसको परिणाम दर्शकले स्क्रिनमा हेर्न पाइरहेका छन् । कुनै समय ओटीटी प्लेटफर्मममा पनि रुचाइएका यी अभिनेताका ७ फिल्म अहिले ओटीटीमै पेन्डिङ छन् ।
ओटीटीले उनका फिल्म रिलिज गर्न आनाकानी गरेपछि कतै उनलाई ओटीटीले प्रतिबन्ध त लगाएको छैन भन्ने चर्चा सामाजिक सञ्जालमा छ ।
कोरोना समयमा ओटीटी प्लेटफर्म लोकप्रिय बन्यो । कैयौं फिल्म ओटीटीमा रिलिज भए र दर्शकको माया पाए । ओटीटीका मालिक पनि थिएटरमा रिलिज भएका फिल्ममाथि पैसा लगानी गरिरहेका छन् । तर, नवाजुद्दिनको हकमा भने उनका फिल्ममा लगानी गरे पनि रिलिजको मामलामा भने मौन छन् ।
हालैमात्र नवाजुद्दिनलाई सञ्चारमाध्यमले ओटीटीमा फिल्म रिलिज रोकिएका विषयमा प्रश्न सोधेका थिए । ‘इमान्दारिताका साथ भन्नुपर्दा फिल्मको काम पूरा गरेपछि म त्यसमा ध्यान दिन्नँ । मेरो काम हो अभिनय गर्नु, त्यो भन्दा अगाडि म केही जान्दिनँ,’ उनले भनेका छन् ।
उनको फिल्म ‘अद्भूत’, ‘टीकू वेड्स शेरु’, ‘बोलें चुडियाँ’ र ‘नूरानी चेहरा’ जस्ता फिल्म ओटीटीमा पेन्डिङमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘कोशेढुंगा’ को शुभ मुहूर्त, आजैबाट सुटिङ सुरु
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
कैदी सम्झौतापछि गाजाबारे दोस्रो चरणको युद्धविराम वार्ता पुनः सुरु
फागुन १४, २०८१ बुधबार
रश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार