निर्वाचनको संघारमा विभिन्न पार्टी परित्याग, सयौं युवाहरु एमालेमा प्रवेश
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार १८:३४:४४
१३ कार्तिक, भक्तपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको संघारमा भक्तपुरमा सयौं युवाहरु एमालेमा प्रवेश गरेका छन् । जिल्लाको सूर्यविनायक र सिरुटारमा गरी करिव तीन सय युवाहरु एमाले प्रवेश गरेका हुन् ।
आज नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य ‘नेपाल लोकतान्त्रीक फोरम केन्द्रीय सदस्य’ हाल कांग्रेसका क्रियाशिल सदस्य प्रकाश ढकाल, सुनिल तज ‘नेपाल लोकतान्त्रीक फोरम जिल्ला सचिव तथा २०७० सालको संविधानसभाका उम्मेदवार’, क्रिसन त्वाती स्वतन्त्र, डा. रुपेश गाईजु ‘विपी कांग्रेसका जिल्ला सभापति’, दिपक महत माओवादी केन्द्रका पूर्वजिल्ला सदस्य, बैकुण्ठ महत, प्रदिप महत, नेत्रबहादुर कार्की लगायतको नेतृत्वमा १ सय ४७ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
केही समय अघि कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका रामशरण देउजाको संयोजनमा एमाले प्रवेश गर्नेहरुमा गठबन्धनका दल नेपाली कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी, कांग्रेस विपी, राप्रपालगायतका दलहरुका १४७ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै सूर्यविनायक नगरपालिका वडा नं। १ सिरुटामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा करिव एक सय ५५ जना युवाहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं। २ का उम्मेदवार महेश बस्नेत, केन्द्र्रीय सदस्य तथा भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, निर्मल भट्टराई, एमाले बागमती प्रदेश सदस्य राजेन्द्र राजथला, शसी जंग थापा, एमाले क्षेत्र नं। १ का उम्मेदवार नवराज गेलाल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, चाँगुनारायण नगरपालिका भक्तपुर क्षेत्र नं। १ ‘क’ क्षेत्रका उम्मेदवार मोहनवीर श्रेष्ठ, सूर्यविनायक ‘क’ उम्मेदवार किरण थापा, लगायतले नवप्रवेशीलाई टीका लगाई एमालेमा स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै नवप्रवशी ढकालले कांग्रेसभित्र समस्या र कुरितिको चाँड रहेको उल्लेख गर्दै लोकतान्त्रीक व्यवस्था र विकासको नेतृत्वमा एमालेको विकल्प नभएको बताए । आगामी दिनमा एमालेका उम्मेदवारलाई विजयी गराउन जस्तोसुकै भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गर्दै ढकालले आगामी दिनमा पार्टी प्रवेशलाई दोब्बरका दरले बढाउँदै लैजाने घोषणा समेत गरे । भक्तपुरलाई एमालेको लालकिल्ला बनाएरै छोड्ने उद्घोष गर्दै उनले गठबन्धनका उम्मेदवार दुर्लभ थापाको अनौतिक कार्य तथा गतिविधि सैह्य नभएकाले एमाले प्रवेश गरी एमालेलाई भोट र गठबन्धनलाई चोट दिएको उल्लेख गरे ।
कार्यक्रममा नेता बस्नेतले सत्ताको आडमा गठबन्धन सरकारले प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जबरालाई नजरबन्दमा राखेको भन्दै आक्रोस जनाए । सत्ता गठबन्धनले न्यायापालिकामाथि गिजोल्ने काम गरेको आरोप लगाउँदै उहाँले एमाले त्यसको लागि लाग्नुपर्ने अवस्था रहेको बताए।
भ्रष्टाचार, अनियमिततालगायतको अन्त्यको लागि एमालेको विकल्प नभएको उल्लेख गर्दै उनले भने, ‘शिक्षा, स्वास्थ्य, पर्यटकीय, धार्मिक तथा सांस्कृतिक रुपान्तरणको साथ साथै व्यापक मात्रामा रोजगारीको लागि लाग्नुपर्ने आवश्यकता, औद्योगिकरणको अभियान, कला, संस्कृतिलाई जर्गेना गर्नुपर्ने छ । भ्रष्टाचारमुक्त भक्तपुर बनाउनछ । त्यसको लागि जनताको अभिमत अपरिहार्य रहेको छ ।’
जनताको हितमा काम गर्ने एमाले मात्र भएको उल्लेख गर्दै उहाँले सामाजिक न्यायको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए । हिजो सिंदरवारले नदेखे पनि एमालेले सिंहदरवारले भक्तपुरलाई खोज्ने अवस्थामा बनाएको दावी गर्दै उनले अब भक्तपुरले सिंहदरवारको नै नेतृत्व गर्ने क्षमताको विकास गरेको बताए । भक्तपुरमा विकासमा कायापलट भएको उल्लेख गर्दै उनले आधुनिक विकास अबको एमालेको अभियान हुने बताए । युवालाई रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै उनले भक्तपुरको आवाज सदनमा एमालेले बाहेक अरुले उठाउने कार्य नगरेको उदाहरणसहित उल्लेख गरे ।
अबका दिनमा भक्तपुरको बुद्धिजीवि तथा ज्ञानका केन्द्रलाई प्रदेश तथा संघको नीति निर्माणमा समावेश गराउने उल्लेख गर्दै नेता बस्नेतले बजेट निर्माण, नीति निर्माण, कानुन निर्माण, सार्वजनिक महत्वको कुरामा आवाज बुलन्द गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला इन्चार्ज मिश्रले मुलुक बनाउने दृष्टिकोण र भिजन एमालेमा मात्र भएको दावी गरे । पार्टीभित्र रहेको सम्पूर्णलाई योग्यता, क्षमताको कदर गर्ने उल्लेख गर्दै उनले पार्टी भित्र नवप्रवेशीलाई भेदभाव र अन्याय नहुने बताए । जिल्ला अध्यक्ष देउजाले सम्पूर्ण नेपाली अट्ने छहारी भएको उल्लेख गरे । एमालेले नवप्रवेशीलाई उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउँदै उनले विगतमा समेत एमालेले नवप्रवेशीलाई उच्च प्राथमिकता दिँदे आएको स्मरण गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
रेमिट्यान्समा ९ अंकको सुधार, शोधनान्तर २ खर्ब ५ अर्ब र विनिमय सञ्चिति २२ खर्ब ५५ अर्बमाथि
मंसिर २८, २०८१ शुक्रबार
नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोज्यो
मंसिर २८, २०८१ शुक्रबार
राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा
मंसिर २८, २०८१ शुक्रबार