ओली, कोइराला र शर्माको उम्मेदवारीले पूर्वमा बढायो चुनावी रौनक
यज्ञप्रसाद भट्टराई
कात्तिक १३, २०७९ आइतबार १९:३१:३१
१३ कात्तिक, विराटनगर । नेपालको राजनीतिक इतिहाससँग प्रत्यक्ष जोडिएको पूर्वका दुई जिल्ला मोरङ र झापा आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका कारण थप चर्चामा छन् । यसै पनि राजनीतिक चर्चामा रहिरहने मोरङ र झापा जिल्लामा केन्द्रीय राजनीतका मुख्य खेलाडीहरुको उम्मेदवारीले पनि रौनक थपिदिएको छ ।
६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कोइराला परिवरका दुई सदस्य शेखर र सुजता उम्मेदवार छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी रहेका वरिष्ठ नेता डा. शेखर कोइराला यस जिल्लाको मुख्य चर्चाका पात्र बनेका छन् । उनले मोरङ क्षेत्र न. ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । कोइरालासाँगै पाँच निर्वाचन क्षेत्र रहेको झापा जिल्ला पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका का कारण चर्चा बढेको छ ।
झापामा नेपाली कांग्रेसको तेस्रो धारको नेतृत्व गरिरहेको कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेन पनि चचामै छन् । तर, ओली र शर्माका कारण उनीहरुको चर्चा अझेलिएको छ । आगामी दिनमा नेपाली कांग्रेसको नेतृत्व गर्ने र देशलाई पनि एक ढंगको निकास दिने भूमिकामा पुग्न सक्ने भएकाले माोरङमा डा. कोइरालाको चर्चा झापाका ओली र शर्माको भन्दा धेरै छ । टिकटलाई लिएर कांग्रेसभित्र मोरङमा केही असन्तुष्टि रहेपनि कोइरालाले त्यसलाई मिलाउने काम गरिरहेका छन् । उनीप्रति आम कार्यकर्ता र जनताको भरोसा पनि उत्तिकै देखिएको छ ।
निर्वाचनका समयमा मात्र हैन, कोइरालाले बिगतमा देशले कोरोनाको कहालीलाग्दो कहरको सामना गरिरहँदा जनताका घर आँगनमा पुगेर नागरिकको उपचार र हौसला बढाउने काम गरेका थिए । डा. शेखर कोइरालाले पुर्याएको मानवीय सहायता र सदासयताको चर्चा अहिले सिंगो मोरङ जिल्ला भरी भैरहेको छ । नेपाली राजनीतिमा सबैभन्दा बढी जनताको घर आँगनमा पुग्ने नेताका रुपमा आफुलाई उभ्याई सकेका कोइरालालाई सिंगो मोरङबासीहरु नेपाली कांग्रेसको नेताका रुपमा भन्दा पनि एक अशल अभिभावकका रुपमा लिने गर्दछन् ।
समग्रमा हेर्दा देश यतिबेला मंसिर ४ को निर्वाचनतर्फ केन्द्रित भएको छ । आम निर्वाचनको मिति मंसिर ४ नजिकिएसँगै दल र तिनका उम्मेदवारहरुको जित र हारको जोडघटाउन पनि सुरु भएको छ । राजनीतिक दलहरुमा बिगतमा देखिएका तमाम बिमती र विसंगतिबीच फरक बिचारहरुलाई थाती राखेर देशमा क्रियाशील सबै राजनीतिक दलहरु अहिले संघीय तथा प्रदेश निर्वाचनमा होमिएका छन् ।
सामाजिक सञ्जालहरु लगायत देशका छापा तथा श्रब्यदृष्य सञ्चार माध्यमहरुसमेत आगामी निर्वाचनको परिणामको अनुमानमा केन्द्रीत हुन थालेका छन् । बिगतमा फाट्टफुट्ट देखिने स्वतन्त्र उम्मेद्धवारहरुको आँकडालाई भने यसपटकको निर्वाचनमा बृद्धि भएको देखिन्छ । लोकतन्त्रमा जनताको अभिमत बिना जतिसुकै सम्पन्न र शक्तिसाली ब्यक्ति पनि संसदमा पुग्न सक्दैन ।
जनताद्धारा अनुमोदित हुनका लागि जनताका समस्या तथा अप्ठ्याराहमा सहयोगी भूमिका निभाएको ब्यक्ति हुनु अत्यन्त जरुरी छ । त्यसैले कहिलेकाँही जनताले शिक्षाले भरिपूर्ण भएको ब्यक्तिलाई भन्दा मानवताले परिपूर्ण भएको ब्यक्तिलाई आफ्नो प्रतिनिधि बनाउँछन्, कहिले धनधान्यले सम्पन्न भन्दा पनि सेवाका भावनाले ओतप्रोत भएका हातहरु समाउँछन् । ब्यक्तिगत स्वार्थलाई राजनीतिसँग जोडेर आफ्नो सम्पूर्ण ध्यान र श्रम राजधानी केन्द्रीत गर्ने नेताहरु भने यस अघि पनि जनताका नजरबाट गिरेका देखिन्छन्, जनताको मताधिकारद्धारा पछारिएका देखिन्छन् ।
यस सन्दर्भमा नेपाली कांग्रेस नेपालकै सबैभन्दा ठूलो, पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी हो जसले २००७ सालमा राजालाई र राणाहरुलाई प्रजातन्त्रका पछाडी पछाडी हिडन बाध्य बनायो, २०४६ सालमा पञ्चायतलाई परास्त गर्दै कम्युनिष्ट पार्टीहरुलाई प्रजातन्त्रको मुल प्रवाहमा ल्याउन सफलता पायो । जनमतको उतार चढावमा कहिले सत्तामा र कहिले प्रतिपक्षमा रहे पनि नेपाली कांग्रेसकै अगुवाइमा मात्रै यो देशमा ठूला ठूला राजनीतिक परिवर्तनहरु संभव भएको इतिहास छ ।
यसलाई धेरै महत्व दिइरहनु पनि अब आवश्यक छैन । यत्ति कुरा चाहिँ पक्का हो कि बहुदलीय ब्यवस्थामा एकदलीय कम्युनिष्ट शासन आउन सक्दैन भनेर प्रजातन्त्र प्राप्तीपछि शसस्त्र संघर्षमा निस्किएको कम्युनिष्ट पार्टीलाई पनि लोकतन्त्रका मूह प्रवाहमा समाहित गराउँदै बहुदलीय प्रतिस्पर्धाको सुन्दर मार्गमा ल्याउन सक्नु नेपाली कांग्रेसको महानतम उपलब्धि नै मान्नु पर्दछ ।
देशमा प्रजातन्त्र आएको समेत तिसौं बर्ष भैसकेको छ, १० बर्षे हिंसात्मक आन्दोलनबाट मुक्ति पाई देशमा गणतन्त्र आएको पनि दशकौं भैसकेको छ । यस बिचमा नेपाली जनताले बिभिन्न समयमा बिभिन्न राजनीतिक दलहरुलाई आफ्नो मताधिकार प्रदान गरिसकेका छन् । बिभिन्न दलका नेताको अनुहार र तिनका कार्यशैली समेत नजिकैबाट देखिसकेका छन् ।
अब नेपाली जनताले को कस्तो छ ? कस्ले के भन्छ ? कस्ले के गर्छ ? कस्ले हिजो के के गरे ? भन्ने कुरा राम्ररी हेरिसकेका छन् । त्यसकारण यसपटकको निर्वाचनमा नेपाली जनताले अत्यन्तै सुझबुझका साथ मतदान गर्छन भन्ने अनुमान गर्न थालिएको छ । जनताका समस्यामा बिगतमा कस्ले के कस्तो साथ र सहयोग गरेका थिए ? भन्ने कुराको हिसब किताब पनि जनताले मुल्यांकन गरिरहेका छन् ।
एउटै भरोषायोग्य ब्यक्ति नेतृत्वमा भैदियो भने, मुलुकको कायापलट गर्न सकिन्छ भन्नेकुरा राम्रोसँग बुझेका मोरङका जनताहरु जनतामा छरिएर रहेको शक्तिलाई एकिकृत गर्दै देश बिकासको महान अभियानमा लगाउन सक्ने एक कुशल अभिभावकको खोजिमा रहेका समेत देखिन्छन् । अशल अभिभावक भएको घरको ब्यवस्थापन र एउटा खराब अभिभावक भएको घरको लथालिंग अवस्थालाई बुझेर पनि यस पटक नेपाली जनताको आशा, तथा भरोसाको धरोहर डा. शेखर कोइरालालाई जसरी पनि जिताउनै पर्ने मोरङ क्षेत्र नं. ६ को जिम्मेबारी रहेको कुरा त्यहाँका मतदाताहरुले स्वयं बताउछन् ।
जनताका समस्या तथा अप्ठ्याराहरुमा तत्काल जनताका घर आँगनमै पुग्ने नेता डा. शेखरलाई दोश्रो वीपी कोइरालाका रुपमा समेत यहाँका मतदाताले चित्रित गर्न थालेका छन् । आम कांग्रेस कार्यकर्ताहरुबाट आउने अभिब्यक्तिहरुले पनि यो कुरा देखाइरहेको छ । जे सुकै होस् कोइरालाका कारण नेपाली कांग्रेस अहिलेसम्म एक छ, एकताबद्ध छ, कठिन भन्दा कठिन समस्याहरुबाट नेपाली कांग्रेसले सहजै छुटकारा पाएको छ भन्ने कुरा यो क्षेत्रमा स्थापित भइरसकेको छ ।
मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनमा गठबन्धनका उम्मेद्धारहरुलाई जिताउन अहिले डा. शेखर कोइराला चुनाव केन्द्रीत कार्यक्रमहरुमा मोरङ जिल्लामा सक्रिय छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं. ६ बाट उनी प्रतिनिधिसभा सदस्यमा उम्मेद्धवार समेत रहेका छन् । बिगतमा बृहद बाम एकता भई नेपाली कांग्रेस एक्लै निर्वाचनमा होमिएका बेलामा समेत नेपाली कांग्रेस भित्रकै प्राबिधिक समस्याका कारण झिनो मतान्तरले पराजित भएका कोइराला यसपटकको निर्वाचनमा झण्डै दोब्बर मतले बिजयी हुने मोरङ क्षेत्र नं. ६ का नेता तथा कार्यकर्ताहरु बताउँछन् ।
जसले जनताको घरआँगनमा गएर जनताको सञ्चो बिसञ्चोको बिषयमा जानकारी लिन्छ, जसले समस्यामा रहेका जनताको कुरा ध्यान दिएर सुन्छ, जसलाई सिंगो नेपाली जनताले अत्यधिक रुपमा मन पराएका छन् त्यस्ता नेता शेखर कोइरालाको उम्मेदवारीबाट मोरङवासी उत्साहित देखिन्छ । अझ नेपाली कांग्रेस मोरङअहिले जुर्मुराएको देखिन्छ, क्रियाशील भएको देखिन्छ । कोइराला मात्र हैन, गठबन्धनका अन्य उम्मेदवारहरु जिताउन मोरङ कांग्रेस कटिबद्ध देखिएको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार