चुरा गोदामका आगलागी : एककाे मृत्यु, एकको अवस्था गम्भिर
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २०:२३:२१
♦ दीपक शर्मा
१३ कात्तिक, बाँके । बाँके चुराको गोदाम भएको स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन ।आइतबार बिहान ५ बजेर ३० मिनेटको समयमा नेपालगञ्ज उपमहानगर पालिका ५ रामनगरमा राजनकुमार नागको घरमा रहेको मोहम्मद आरिफ अन्सारीको चुराको गोदाममा आगलागी हुदा उनका साला नाता पर्ने बर्दिया मधुवन नगरपालिका ८ निवासी २३ वर्षिय समिर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
आगलागीबाट अन्दाजी ४० देखि ४२ लाखसम्मको क्षति भएको नेपालबहससँगको कुराकानीमा अधिकारीले बताए । घर भाडामा लिएर चुरा व्यवसाय गर्दै आएका मोहम्मद आरिफ अन्सारी गम्भिर घाइते भएका छन । उनको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
आगलागीको कारण प्रहरीले खोजी गरिरहेको छ । मृतक ओली शनिवार मात्रै आफनो दिदी भिनाजुलाई भेटन नेपालगञ्ज गएका थिए । ओली घर भित्र सुतेको र उनका भिनाजु घर बाहिर सुतेको बेला गोदाममा एक्कासी आगलागी भएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमकलको सहायताले करिब ३० मिनेट पछि नियन्त्रणमा लिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार