बम प्रकरणमा उम्मेदवार पाैडेल शंकाको घेरामा
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २१:१८:१
१३ कात्तिक, बुटवल । आफैंले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही-२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ ।
आइतबार बिहानै बुटवल-१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरूलाई समाचार बनाउन आग्रह गरेका थिए ।
तर, नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्न खोज्दा उक्त वस्तु बम नभएको र खाली प्रेस कुकर मात्र भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएपसी ठगबहादुर केसीले बताए । उक्त शंकास्पद वस्तु पौडेल आफैँले राखेको वा राख्न लगाएको आशंकापछि पौडेल नै प्रहरीको अनुसन्धानको घेरामा परेका हुन् ।
शंकास्पद वस्तु राखियो भनेर प्रायोजित प्रचार गरेर चर्चा कमाउन खोजेको पाइएकाे जनाउँदै पाैडेलकाे कल डिटेल, मुभमेन्ट सबै अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय बुटवलले जनाएकाे छ ।
रुपन्देही–२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि पौडेलले आफूलाई समर्थन गर्न आग्रह गर्दै केही दिनअघि पत्रकार सम्मेलन समेत गरेका थिए । तर, त्यसको भोलिपल्ट सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । रुपन्देही–२ मा नेकपा (एमाले)बाट पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेदवार छन् ।
पौडेलले भने आफू बिहान घर बाहिर निस्कंदा कार्टुनमा शंकास्पद वस्तु र कागजमा खतरा लेखिएको देखेपछि प्रहरी र सञ्चारकर्मीलाई खबर गरेको बताए । स्थानीय एक राजनीतिक दलका अगुवाले शंकास्पद वस्तु राख्नैपर्ने भए जिल्लाका अरु ठूला दलका चर्चित उम्मेदवारकै घरमा राख्नुपर्ने भन्दै यो केवल चर्चा र सहानुभूति बटुल्ने प्रायोजित काम भएको दावी गरे । घटनाबारे सुक्ष्म अनुसन्धान गर्नुपर्ने उनीहरुको भनाइ छ ।
उम्मेदवार पौडेलको घरकाे गेटमा आइतबार राखिएको कुकर बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार