गाउँ पसेका उम्मेदवारसँग मतदाताले गरे खबरदारी
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २१:४७:३
१३ कात्तिक, सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका–१ रामीडाडाँकी रामकली बुढा माओवादी केन्द्रका उपहासचिव आफ्नो गाउँमा पुग्दा दंग परिन् । लिम्सामा आयोजित प्रशिक्षण कार्यक्रममा घरको कामले जान नपाएकी बुढाले आफ्नो गाउँमा बास बस्न शक्ति बस्नेत आएपछि उनको मनमा जनयुद्धमा गुमाएको छोराले घर खोज्दै आएझैं लाग्यो ।
उनका छोरा कालीबहादुर बुढाको २०६१ सालमा दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो । ‘मेरो छोराको ठाउँमा कालेगाउँको एक सामान्य किसानको छोरा मेरो छोराको सपना पूरा गर्न गाउँगाउँमा आउँदा म आमाको मन किन खुसी नहुने ?, यही परिवर्तनका लागि हामीले छोरालाई जनयुद्धमा पठाएका थियौं। अहिले गाउँमा मोटरबाटो, टेलिफोन आएको छ । यो सबै हाम्रो छोराको बलिदानले आएको हो,’ उनी भन्छिन् ।
पूर्वमन्त्रीसमेत रहेका बस्नेतको नजिकै आएर उनले ‘बाबु मेरो छोराको बलिदानी खेर नजाओस् है, बारेकोटमा राम्रो विकास भएको छ, अझै होस्’ भनिन् । बस्नेतले रामकली बुढालाई तपाईको छोराको सपना पूरा गर्न दिनरात लागिपरेको बताए। स्थानीयले पनि क्रान्तिमा हामफालेका वीर छाेराछाेरीकाे बलिदानी खेर जान नदिन खबरदारी गरे । मतदातासँग उम्मेदवारहरुले हात जोडदै ढोग समेत गरेका थिए ।
बारेकोट–४ की सिर्जना बस्नेतले बारेकोटको विकासमा माओवादी आन्दोलनको विजय भएको बताइन् । उपमहासचिव बस्नेत गाउँगाउँ पुग्दा सर्वसाधारणले विकास निर्माणदेखि सहिदको सपना पूरा गर्न आग्रह गर्दै फेरि पनि मन्त्री भएर आउन आशीर्वाद दिए । नौ महिना गृहमन्त्री, चार महिना स्वास्थ्यमन्त्री र दुई वर्षभन्दा बढी समय वनमन्त्री भइसकेका बस्नेत माथिल्लो तहमा पुग्ने जाजरकोटको पहिलो नेता हुन् ।
बस्नेतसँग एमालेका युवा नेता निरज आचार्य प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो चुनावमा बस्नेतलाई जिताउन लागेका आचार्य पो पटक शक्तिसँग चुनावी मैदानमा भिडेका छन् । उनीसँगै स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार