कांग्रेस बिपीका लक्ष्मीकान्त पौडेलद्वारा उम्मेदवारी फिर्ताको घोषणा
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १३:३६:५७
१४ कात्तिक, लमजुङ । नेपाली कांग्रेस ‘बीपी’बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. लक्ष्मीकान्त पौडेलले लोकतान्त्रिक बाम गठबन्धनलाई समर्थन गरेको घोषणा गरेका छन् । पौडेलले आइतबार बेंसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गरेको जानकारी गराए ।
गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरी लोकतान्त्रिक मूल्य र मान्यताको माध्यमबाट संविधानको रक्षा गरी अगाडि बढ्ने प्रतिवद्धता गरेको बताए । आफूले दिएको उम्मेदवारी फिर्ता लिई लमजुङको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको बताए । यद्यपि, निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवार फिर्ता नभएकाले उनको उम्मेदवारी कायमै रहनेछ ।
पौडेलले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन सक्नुपर्दछ, आवश्यक परेमा निर्वाचनपछि मात्र गठबन्धन गर्नुपर्दछ, र द्धन्द्धकालमा भएका सबै खालको घटनाको निष्पक्ष तवरबाट छानविन गर्दै कारबाही होस् भन्ने विषय लिएर उम्मेदवारी दिएपनि र यि विषयमा शिर्ष नेताहरुसंग छलफलपछि फिर्ता लिएको बताए ।
लमजुङको विकासका लागि गठबन्धन उचित रहेका ठहर भएकाले राष्ट्रियता, लोकतन्त्रको रक्षाका लागि लागेको बताए । लोकतन्त्रलाई प्रतिगामी शक्तिले समाप्त गर्ने होकी भन्ने कुरा आफ्नो अन्तरआत्माबाट आएकाले गठबन्धनलाई सघाएको उल्लेख गरे । सोही क्रममा उनले नेपाली कांग्रेस ‘बीपी’ पार्टीको केन्द्रीय सदस्यबाट पनि राजिनामा दिएको जानकारी गराउँदै नेपाली कांग्रेसमै रहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार